रामायणसँग जोडिएको दुधमतिको संरक्षणका लागि प्रदेश सरकारले काम गर्ने

रामायणसँग जोडिएको दुधमतिको संरक्षणका लागि प्रदेश सरकारले काम गर्ने
+
-

जनकपुरधाम – प्राचिन मिथिलाको इतिहास तथा रामायणसँग जोडिएको दुधमतिको संरक्षणका लागि प्रदेश सरकारले चाडै कदम चाल्ने भएको छ ।

दुधमतिको उद्गम स्थलको अवलोकन तथा निरीक्षण गरेका प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले अतिक्रममा परेको क्षेत्रलाई खाली गराउनका लागि पहल गर्ने बताए ।

संरचना नेपालले दुधमतिको जिर्णोद्धारका लागि पुनः स्मरण पत्र सहितको ज्ञापनपत्र बुझाएपछि मुख्यमन्त्री राउतले आफै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा डि आई जी लाई नक्साको ब्लु प्रीन्टसहित नापी र मालपोतलाई लाने विश्वास दिलाएका छन् ।

माता जानकीलाई कामधेनु गाईले दुध पिलाउनका लागि लागि नै दुधमतिको प्रादुर्भाव गराएको मिथिला महात्म्यमा उल्लेख रहेको छ । कुनै बेलासम्म निक्कै सफा पानी रहेको दुधमतिको मुहान नै अतिक्रमण गरेपछि पानी नै आउन बन्द भएको छ ।

महेन्द्रनगरदेखि सिनुरजोडासम्म अतिक्रमणमा परेका छन् । मालपोत ऐनमा नदी तथा पोखरीको डिल तथा जलासय भागको कसैले लालपूर्जा बनाएको खण्डमा बदर गर्ने प्राबधान रहेको छ । कसैले दुधमतिको भागलाई अतिक्रमण गरेको छ भने बदर गर्ने तथा खाली गराउने अधिकार प्रदेश सरकासँग रहेको छ । दुधमतिमा पानी बग्दा खेरी धनुषा तथा महोत्तरीका किसानले यसको पानी सिँचाइमा पनि प्रयोग गर्ने गरेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’