तस्बिरमा ऋषिपञ्‍चमीका झलकहरु

तस्बिरमा ऋषिपञ्‍चमीका झलकहरु
+
-

काठमाडौँ- काठमाडौंको टेकूमा रहेको ऋषेश्ववर मन्दिरमा तीजका व्रतालु महिलाहरुले  अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा गरी ऋषि पञ्‍चमी मनाएका छन्।

उनीहरुले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी दलेर स्नान गरी  अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका हुन।

टेकुमा रहेको ऋषेश्वर मन्दिर परिसरमा  पूजा गर्ने महिलाहरुको घुइचो थियो।  श्रद्धालुहरु गएराति १० बजे देखि लाइनमा बसेका थिए। तर ऋषेश्वरको मन्दिरको ढोका भने मध्यान्ह १२ बजे पछि मात्रै खोलिएको थियो ।

गतबर्ष भन्दा यस बर्ष मन्दिरको पुर्ननिर्माण भएकाले दर्शन गर्न सजिलो भएको भक्तजन महिलाहरुले प्रतिक्रिया दिएका थिए। यता, मन्दिर परिषरमा ब्रतालुको लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको थियो भने स्वस्थ्य क्याम्पहरु पनि सञ्चालन भएका थिए। साथै त्यस वरिपरी विभिन्‍न प्रकारका कष्मेटिक सामान, लत्ताकपडा समेत बेच्न राखिएको थियो।

त्यस्तै सडकमै भक्तालु महिलाहरुले पुजा सकेर मन्दिर परिसरमा नाचगान गरि रमाइलो गरेका छन्।

 

       

तस्बिरहरु-रविन आचार्य/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?