चन्द्रयान २ः इसरोका वैज्ञानिकको पराक्रम र लक्ष्यभेदनको प्रतिक्षा

चन्द्रयान २ः इसरोका वैज्ञानिकको पराक्रम र लक्ष्यभेदनको प्रतिक्षा
+
-

तपाई हामी मस्त निद्रामा भएको बेला  बंगलुरुस्थित ‘मिसन  अप्रेसन कम्प्लेक्स’ को बिल्डिंगमा रहेको चन्द्रयान -२ लाइ नियन्त्रतित गर्ने ‘इसरो टेलीमेट्री ट्रेकिंग एण्ड कमा‍ण्ड नेटवर्क’ ( ISTRAC ) र ‘इण्डियन डीप स्पेस नेटवर्क’ ( IDSN ) का कर्मचारी, प्राविधिक र वैज्ञानिकहरुको  आँखामा निद्राको सट्टा लक्ष्य भेदनको जागरूकता तथा एकाग्रता  सन्निहित थियो ।

इसरोका वैज्ञानिकको लक्ष्य ,’महाभारतका महानायक अर्जुनले केहि फिटमाथि घूमीरहेको मत्स्यको नेत्रभेदन गर्नुभन्दा धेरै जटिल एवं  मत्स्यभन्दा अति अति तीव्र गतिले अनन्त आकाशको  सुदूरतम गहिराईमा प्रदक्षिणारत वस्तुलाइ ” हिट ,टारगेट वा प्रहार” गरी  घायल अथवा नष्ट गर्नुमा सीमित न भएर त्यस वस्तुलाइ निर्दिष्ट समयभित्र  त्वरित  वेगले स्थानांतरित गर्नु ‘ रहेको थियो।

इसरोको लक्ष्य पृथ्वीभन्दा झण्डै ३ लाख ८३ हज़ार किमी टाढा  अन्दाज़ी २ किमी प्रति सेकेण्ड अथवा १२० किमी प्रति मिनेट अथवा आम बोलीचालीमा ७२०० किमी प्रति घण्टाको  वेगले गतिमान रहेको थियो ।

इसरोका वैज्ञानिकले बंगलुरुको नियन्त्रण कक्षाबाट आज बुधबार बिहान सखारै ३ बजेर ४२ मिनेटमा  अर्जुनको बाणरूपी  आफ्ना  ‘इलेक्ट्रोमयागनेटिक कमाण्ड आफ्नो लक्ष्यतिर प्रक्षेपित गरे ।

१ दशमलभ २ सेकेण्ड मै आधुनिक अर्जुनका  बाणले सह्श्रो योजनको विस्तार पारगरी  चन्द्रयान-२ को ‘ल्याण्डर विक्रम ‘ लाई चैतन्य बनायो ।  उनीहरुको बाणरूपी ‘कमाण्ड’ ले विक्रमको इन्जन प्रज्वलित भयो । र आधुनिक अर्जुन को कर्मठता ,सजगता  र आफ्नो लक्ष्यप्रति जागरूकता, सटीकता एवं कार्य सम्पादित गर्ने कुशलता एवं त्वरिताको बखान  कसरी कुन शब्द र शैलीले गर्ने ?  जम्मा ९ सेकेण्ड मै विक्रमलाइ उनीहरुले  १०४.१२८ किमीको चंद्रकक्ष  (lunar orbit ) बाट  ३५.१०१ किमीको चंद्रकक्षमा  स्थानांतरित गरेर  ख़ुशी र संतोषको स्वांस उदरस्थ गरे ।

इसरो भन्छ – चन्द्रयान -२ को कक्ष परिवर्तनको यो अन्तिम प्रहसन थियो । अब यसै अवकाशबाट  ७ सेप्टेम्बरको बिहान विक्रमलाइ सोझै चन्द्रमाको दक्षिणी  ध्रुवको मरुभूमिमा  अवतरण गराइन्छ ।

चन्द्र अवतरणको समयतालिका  अनुसार ७ सेप्टेम्बरको दिन प्रारम्भ हुनसाथ   १ बजे देखि २ बजेको अन्तरालमा प्रारम्भ गरिने छ । यस क्रममा इसरोले ‘कमाण्ड’ पठाएर चन्द्रसतहको ३५ किमीमाथि प्रदक्षिणारत विक्रमको इन्जन प्रज्वलित गरेर अवतरणको श्रीगणेश गर्ने छ।

अवतरण गराउने प्राथमिक प्रयासमा विक्रमको गति २०० मीटर प्रति सेकेण्डमा ‘कायम एवं स्थिर’ राखेर चन्द्र सतहको दिशामा झण्डै २९ किमीसम्म अघि बढाइने छ ।  यो गति भनेको पृथ्वीमा हामीले प्रयोग गर्ने  विमानको गति सरह नै हो।  १ सेकेण्ड मा २०० मीटर भनेको  ५ सेकेण्डमा  १ किमी हो, अर्थात ६० सेकेण्ड अथवा १ मिनेटमा १२ किमी हो । ६० मिनेट अर्थात एक घंटामा यो गति भनेको ७२० किमी हुन्छ । हाम्रा व्यावसायिक विमान झण्डै यसै गतिले उडान गर्छन ।

यस गतिद्वारा  विक्रमलाइ  २९ किमीको यात्रा गर्न झण्डै १४५ सेकेण्ड मात्रै लाग्छ । चन्द्रसतहबाट विक्रमको दुरी ६ किमी शेष रहदा इसरोका अर्जुनहरुको हृदयको आरोह अवरोह ‘चिकित्सकीय उपकरणको परिक्षणक्षमताको  अंतिमबिंदु ‘ नजिक पुग्छ ।

अब विक्रमको गतिलाइ सय गुना कम गरेर चन्द्रमाको दक्षिणी ध्रुवस्थित  “मैंजिनस -सी ” र “सिंपेलियस – एन” नामक क्रेटरका मध्यको रिक्त स्थानमा  सुरक्षित अवतरण गराउने काम नै  यस चन्द्रयान-२ नामक भारतीय चन्द्र अभियानको  ‘भीष्म वध’ जस्तो अविस्मरणीय एवं अमोघ कृत्य हो ।  १ मिमी सेकण्डको विलम्ब र कार्यसम्पादनहीनताले सारा प्रयास क्षण मै निष्फल बनाउन सक्छ ।

इसरोले बाँकी रहेको ६ किमीको दूरी पार गर्न विक्रमको गति २ मीटर प्रति सेकेण्डमा सीमित राख्नु पर्ने  कड़ा चुनौती  सामना गर्नुपर्ने हुन्छ । २ मीटर प्रति सेकेण्ड भनेको  १ मिनेटमा १२० मीटर अर्थात शेष रहेको ६ किमीको दूरी विक्रमले ३००० सेकेण्डमा वा भनो ५० मिनेटमा पूरा गर्नुपर्ने हुन्छ । चन्द्रमाको गुरुत्वाकर्षण विरुद्ध यति कम गतिले विक्रमलाइ तल ओराल्नु नै यस अभियानको सबैभन्दा गारहो पक्ष हो ।

भारतका यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदी  ‘इसरोका अर्जुनहरुको  पराक्रम एवं लक्ष्य भेदनको  कौशलता  हेर्न ‘ नियन्त्रण कक्षमा उपस्थित रहने छन् । भारतका लागि यो राष्ट्रिय गौरवका साथै अन्तराष्ट्रीय गौरवको ऐतिहासिक क्षण हुन गइरहेको छ ।

इसरोका अनुसार ७ सेप्टेम्बरको बिहान २ बजेर ३० मिनेटभित्र ल्याण्डर विक्रमले चन्द्र धरातल स्पर्श गरिसक्ने छ।  विक्रमले चन्द्रमामा अवतरण गर्नसाथ भारत चन्द्रमामा पुग्ने विश्वको चौथो राष्ट्रको दर्जामा स्थापित हुनपुग्छ ।

यसभन्दा अघि रूस ,अमेरिका र चीनले मात्रै चन्द्रमामा ‘सॉफ्ट ल्यान्डिंग’ गर्ने सफलता पाएका छ । इसरोले  मात्र होइन संसार भरका अधिकांश अंतरिक्ष एजेन्सी र अंतरिक्ष विज्ञानमा अभिरुचि राख्ने  जो कोहीले  पनि व्यग्रतापूर्वक ७ सेप्टेम्बरको प्रतीक्षा गरिरहेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’