आज राति के सपना देख्नुभयो?

आज राति के सपना देख्नुभयो?
+
-

काठमाडौँ- सपना बिर्सिएँ भन्ने तपाईँको चिन्ता अब दूर हुने भएको छ। एक वैज्ञानिक अध्ययनमा अब सपना सम्झने तरिका पत्ता लागेको छ।

वैज्ञानिकका अनुसार भिटामिन बी–६ ले सपना सम्झन मद्दत गर्ने अध्ययनमा पत्ता लागेको हो। शोधकर्ताले अध्ययनमा संलग्न १०० सहभागीलाई ६ दिनसम्म सुत्नु अघि भिटामिन बी–६ खान दिएका थिए जस्ले सपना सम्झन निकै सहयोग गरेको पाइयो।

एडिलेड युनिभर्सिटीका स्कुल अफ साइकोलोजीका डेनहोम आस्पीका अनुसार, ‘हाम्रो अध्ययनबाट के पत्ता लाग्यो भने प्लेस्बोको दाँजोमा भिटामिन बी–६ सप्लिमेन्ट लिने मानिसहरुको सपना सम्झने क्षमतामा सुधार हुने रहेछ। भिटामिन बी–६ ले केवल सपनाको जीवन्तता मात्र प्रभावित गर्ने रहेछ भने निद्रामा कुनै असर गरेको पाइएन। ‘

डेनहोम आस्पीका अनुसार हामीले अध्ययनमा सहभागिलाई सुत्नु अघि २४० मिलिग्राम भिटामिन बी–६ सप्लिमेन्ट लिन लगायौं। यो सप्लिमेन्ट लिनुअघि कैयौं सहभागि मुश्किलले आफ्नो सपना याद गर्ने गर्थे। तर, अध्ययन पुरा हुने समयसम्म सहभागी सबैमा सपना सम्झन सक्ने शक्तिमा एकदमै धेरै सुधार भएको पाइयो।

अध्ययनका एक सहभागीका अनुसार, ‘सुत्नु अघि भिटामिन बी–६ लिएपछि सपना राम्रोसँग याद गर्न सकियो। यति मात्रै होइन, दिन सकिने बेलासम्म पनि सपना दिमागमा बसि नै रहेको थियो।’ अर्का एक सहभागिका अनुसार भिटामिन बी–६ लिन थालेपछि सपना स्पष्ट मात्र नभएर त्यसलाई सम्झन पनि सजिलो भयो।

डा. आस्पीका अनुसार, एउटा मानिसले औसत ६ वर्ष सपना देख्नमा बिताउँछ। यदि हामी सपनालाई नियन्त्रण गर्नमा सक्षम भयौं भने हामीले यसको धेरै भन्दा धेरै फाइदा उठाउन सक्छौं। हरेक व्यक्ति सृजनशील हुन सक्छ। साथै सृजनशीलतामा पनि सुधार ल्याउन सकिन्छ जब त्यसको उपयुक्त समय पहिचान गर्न सकिन्छ।

सपना याद गर्नुको अरु पनि फाइदा छ यसले नराम्रो सपना आउन बन्द हुन्छ भने फोबियाको पनि उपचार गर्न सकिन्छ। यसले शारीरिक आघातलाई पनि ठीक गर्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?