१३ सेप्टेम्बर १९५९ अर्थात आजभन्दा ५९ वर्ष, ११ महिना, १३ दिन पहिला पृथ्वीका मानिसले पठाएको कुनै वस्तुले मानवताको इतिहासमा पहिलोपटक पृथ्वीभन्दा बाहिर अन्यत्र कतै टेकेको थियो। १३ सेप्टेम्बर १९५९ का दिन बेलुकी २१ बजेर, २ मिनट, २४ सेकेण्ड जाँदा रूसले पठाएको लुना-२ ( सेकेन्ड सोभित कास्मिक रकेट) ले पृथ्वी बाहेकको अन्य कुनै खगोलीय पिन्डलाई स्पर्श गरेको थियो। लुना अभियान अन्तर्गत रूसले छैँटौँ उडानमा यो सफलता पाएको थियो।
‘१२ सेप्टेम्बर १९५९ का दिन बिहान ६ बजेर, ३९ मिनट, ४२ सेकेण्डमा पृथ्वीबाट प्रक्षेपित गरिएको लुना-२ ले ३८ घन्टा, २२ मिनट, ४२ सेकेण्ड को यात्रा गरेर सौर्यमन्डलको सानातिना गरेर लाखौँ पिन्डमध्येको एक पिन्डमा अवतरण गरेको थियो। यो पिन्ड अरु केही नभएर युगौँदेखि कवि-गीतकारले कलम चलाइरहेको हाम्रो उपग्रह चन्द्रमा थियो।’
रूसले बनाएको शक्तिशाली रकेट ‘लुना ८ के ७२’ ले लूना यान -२ लाई सोझै चन्द्रकक्षामा पुर्याएको थियो।
लुना-२ ले चन्द्रमाको पूर्वी भूभाग ‘मेयर ल्याम्ब्रियम’ नजिक ‘अरिस्टाइड’,’आर्कमिडिज’ र ‘अटोलाइसस’ क्रेटरका छेउछाउ अवतरण गरेको थियो।
चन्द्रमामा कुनै वायुमन्डल  र पृथ्वीजस्तो ‘मेसोस्फेयर सुरक्षा चक्र’ नभएको कारण अत्यधिक मात्रामा उल्का पिन्ड खस्ने गर्छन्, जसले चन्द्रमाको सतहमा ठूलाठूला खाडल बनाउँछन्। यिनै खाडललाइ ‘ क्रेटर ‘ भनिन्छ। पृथ्वीका वैज्ञानिकले चन्द्रमाका यी ‘क्रेटर’लाई  पृथ्वीमा भएका प्रसिद्ध व्यक्तिका नाममा सम्बोधन गर्ने गरेका छन्।
रूसको यस ऐतिहासिक सफलतापछि १० वर्षभित्रै अमेरिकाले अपोलो ११ बाट निल आर्मस्ट्रग र एल्ड्रिन बजलाई चन्द्रमामा ओरालेर अर्को विश्व कीर्तिमान खड़ा गर्यो। अमेरिकाको यस कीर्तिमानलाई अन्य कुनै देशले दोहोर्याउन सकेका छैनन्। अपोलो अभियान अन्तर्गत ६ वटा मिसनमा १२ अमेरिकी नागरिकले चन्द्रमामा पुग्ने सौभाग्य पाए। अमेरिका बाहेक अन्य कुनै देशले चन्द्रमामा मानिस पठाउने प्रयास समेत गरेका छैनन्। १९७२ पछि स्वयं अमेरिकाले पनि ‘मानव चंद्र अभियान’ गरेको छैन। रूस र अमेरिका बाहेक चीनले मात्रै आफ्नो यान चन्द्रमामा अवतरण गराउने सफलता पाएको छ।
अब यस पंक्तिमा अर्को नयाँ इतिहास कोरिन गइरहेको छ। अबको केही घण्टाभित्र भारत चन्द्रमामा अवतरण गर्ने चौथो राष्ट्र बन्न गइरहेको छ।
चीनले १४ दिसम्बर २०१३ मा चांगे-३ लाई चंद्र धरातलमा सफलतासाथ अवतरण गराएर चन्द्रमामा पुग्ने तेस्रो देश हुने गौरव हासिल गर्यो। चीनको चांगे -३ झंडे ३७ वर्षपछि चन्द्र अवतरण गर्ने अभियान थियो। यसभन्दा पूर्व अंतिम पटक रूसको लूना -२४ ले २२ अगस्त १९७६ मा चन्द्र अवतरण गरेको थियो।
यसै क्रममा चीनले २०१९ को जनवरीमा पुनः चांगे -४ नामक यानले चन्द्र अवतरण गर्यो। चीनको यो अवतरण भने चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग ‘डार्क साइड ऑफ़ मुन ‘ मा सम्पन्न भएको थियो।
अब यस पंक्तिमा अर्को नयाँ इतिहास कोरिन गइरहेको छ। अबको केही घण्टाभित्र भारत चन्द्रमामा अवतरण गर्ने चौथो राष्ट्र बन्न गइरहेको छ।
भारतले २२ जुलाइमा प्रक्षेपित गरेको चन्द्रयान -२  को ल्याण्डर विक्रम आज राति १ बजेदेखि २ बजेर ३० मिनटभित्र ( ७ सेप्टेम्बर बिहान ) चन्द्रमा को दक्षिणी ध्रुवमा अवतरण गर्न गइरहेको छ। चन्द्रमाको यस भागमा अहिलेसम्म कुनै पनि यान ओर्लेका छैनन्।
भारतको स्पेस एजेंसी इसरोका प्रमुख के सिवनका अनुसार चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गराउनु अत्यन्त जटिल प्रक्रिया हो। आजसम्मकै इतिहासमा विभिन्न देशले गरेका यस्ता प्रयासमा सफलता प्रतिशत जम्मा ३७ मात्रै छ। वैज्ञानिकहरु आफ्नो जीवनकै सर्वश्रेष्ठ प्रदर्शनका लागि आफ्नो ‘बेस्ट परफर्मेंस’ दिइरहेका छन्।
‘दक्षिणी ध्रुवमा ‘ल्याण्ड’ गर्ने हाम्रो जटिल ‘टास्क ‘ सफलतासाथ पूरा हुनेमा हामी विस्वश्व छौँ,’ उनले भनेका छन्।
चन्द्रमाभन्दा बरु मंगल ग्रहमा ‘सफ्ट ल्यान्डिङ’ गराउनु सजिलो छ। कारण मंगल ग्रहमा अत्यन्त पातलो भए पनि वातावरण छ। यसले गर्दा मंगल ग्रहमा यान अवतरण गराउन ‘प्यारासुट’ प्रयोग गरिन्छ। अवतरण गर्ने बेलामा ‘प्यारासुट’ ले गतिलाई कम गरी सफल’ सफ्ट ल्यान्डिङ’ मा मदद गर्छ। तर चन्द्रमामा वातावरण नभएकोले ‘प्यारासुट’ पनि सोझै चन्द्र गुरुत्वाकर्षणले तानेर चन्द्र धरातलमा बज्रिन पुग्छ।
नेशनल जियोग्राफिक च्यानलका साथै भारतका बिभिन्न टीभी च्यानलले चन्द्र अवतरणको प्रत्यक्ष प्रसारण गर्न गइरहेका छन्। मित्रराष्ट्र भारत तथा स्पेस एजेन्सी इसरोलाई चन्द्रयानको सफलताका हार्दिक बधाई।


                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































