
जनकपुरधाम– जानकी मन्दिरको प्राङगणमा विच्छ्याइएको कमशल तथा मापदण्ड विपरीतको गुणस्तरहीन मार्वल हटाइने भएको छ।
यस विषयमा मधेस अधिकार संघर्ष समिति र जानकी मन्दिर साैन्दर्यकरण अभियानका प्रोजेक्ट म्यानेजर भगवान झाबीच शुक्रवार पाँच बुँदे सहमति भएको हो।
यसअघि मधेस अधिकार संघर्ष समितिका पदाधिकारीहरुले कामकाजको स्थलगत अनुगमन गरेर गुणस्तरहीन काम भएको भन्दै कामकाजमा रोक लगाएका थिए।
अब गुणस्तरीय सामान मात्र प्रयाेग गर्नुपर्ने र यसमा गुणस्तरहीन मार्वल लागेको भए हटाएर १६ एमएमको मार्वल लगाउने सहमति पनि भएको छ।
सहमति अनुसार प्रदेश सरकारले गरिरहेको सम्पूर्ण कामकाजका बारेमा १० दिन भित्रमा योजना सार्वजनिक गर्ने उल्लेख छ।
यस्तै काम सम्पन्न भएको १३ महीनासम्म कुनै प्रकारको टूट फुट वा मर्मत सम्भारको कार्य भएमा ठेक्का लिने कम्पनी निःशुल्क रुपमा गर्ने सहमति पनि भएको छ।