भारतको चन्द्रयान–२ असफल भएपछि पाकिस्तानको व्यङ्ग्य

भारतको चन्द्रयान–२ असफल भएपछि पाकिस्तानको व्यङ्ग्य
+
-

भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम अवस्थामा पुगेर चन्द्रमामा अवतरण गर्न असफल रह्यो । ४७ दिनको यात्रापछि चन्द्रयानको ल्याण्डर विक्रम नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको दक्षिणी क्षेत्रमा अवतरण हुनु पर्ने थियो ।

ल्याण्डर चन्द्रमाको सतहबाट २.१ किलोमिटर पर रहेका बेला सम्पर्क टुट्यो र भारतीय अन्तरिक्ष अभियानको अहिलेसम्मकै ठूलो अभियानमा निराशा हात लाग्यो । भारतीय अन्तरिक्ष संस्था इसरोका अध्यक्ष के सिवनले अन्तिम समयमा आएर सम्पर्क टुटेको बताएका छन् ।

अहिले प्राप्त डेटाको विश्लेषण भइरहेको उनले बताएका छन् । भारतीय प्रधानमन्त्री चन्द्रयानको अवतरण अवलोकन गर्न इसरोको बैंग्लोरस्थित मुख्यालयमा पुगेका थिए । सम्पर्क बिच्छेद भएपछि मोदीले वैज्ञानिकहरुलाई ढाडस दिएका छन् । अभियानले सफलता प्राप्त नगरेको थाहा पाएपछि भारतीय नागरिकमा निराशा छाएको छ । तर पाकिस्तानले भने यसमा व्यंग गरेको छ ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले चन्द्रयान–२ सँगको सम्पर्क बिच्छेद भएपछि भारतीय प्रधानमन्त्री मोदीले दिएको प्रतिक्रियाको भिडियो ट्वीट गर्दै लेखेका छन्, ‘मोदी जीले स्याटेलाइट कम्युनिकेशनमा भाषण दिरहेका छन् । खासमा उहाँ नेता होइन एक अन्तरिक्षयात्री हुनुहुन्छ । लोकसभामा मोदीसँग एक गरिब देशले ९०० करोड भारु बर्बाद गरेकोमा सोधिनु पर्छ ।’

आफ्नो दोस्रो ट्वीटमा फवाद चौधरीले लेखेका छन्, ‘मलाई अचम्म लागिरहेको छ कि भारतीय ट्रोलहरुमा मलाई गाली गरिएको छ, मानौँ कि उनीहरुको अभियानलाई मैले नै असफल बनाएको हुँ । ए भाइहरु मैले भनेको थिएँ र यी असक्षमहरुमा ९०० करोड लगानी गर्न ? अब धैर्यता लिएर सुत्ने प्रयास गर्दा राम्रो ।’ उनले आफ्नो ट्वीटमा ह्यासट्याग इन्डियाफेल्ड प्रयोग गरेका छन् ।

पाकिस्कानका एक ट्वीट प्रयोकर्ताले लेखेका छन्, ‘तपाईँले प्रधानमन्त्री मोदी कन्ट्रोल रुमबाट जाँदै गरेको देख्नु भयो?’ यसको जवाफमा मन्त्री फवादले लेखेका छन्, ‘उफ, मैले त्यो महत्वपूर्ण क्षण देख्न पाइन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?