आफ्नो देशको मात्र कुरा गर्नु पनि पितृसत्तात्मक सोच होः कमला भासिन

आफ्नो देशको मात्र कुरा गर्नु पनि पितृसत्तात्मक सोच होः कमला भासिन
+
-

काठमाडौँ– सिर्जनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मी र आर्टका माध्यमबाट महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएकी सुनेना ठाकुरलाई संगती ग्राण्ड अवार्ड प्रदान गरिएको छ।

संगत, वान विलियन राइजिङ रिभोलुशन र मितु मेमोरियल अवार्डको आयोजनामा भएको कार्यक्रमा उनीहरु पुरस्कृत भएका हुन्।

संगति ग्राण्ड अवार्ड नेपालमा महिला हिंसाविरुद्ध काम गरिरहेका ४० संस्था मिलेर स्थापना गरिएको हो। शनिबार राजधानीको डिएभी कलेजमा आयोजित कार्यक्रममा ठाकुर र रेग्मीलाई पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा संरचना समूहले बालविवाह सम्बन्धी नाटक प्रस्तुत गरेको थियो। नाटकमा सानै उमेरमा विवाह गरेर महिलाले भोग्नु परेका समस्याहरुलाई देखाइएको थियो।

‘वान विलियन राइजिङ रिभोलुशन’ अभियानका लागि भारतबाट आएकी महिला अधिकारकर्मी कमला भासिनले कार्यक्रममा बोल्दै आफ्नो देशको मात्रै कुरा गर्नु पनि पितृसत्तात्मक सोच भएको बताइन्।

भासिनले संविधानमा महिलालाई ३३ प्रतिशत आरक्षण दिने नेपाल पहिलो देश भएको बताइन्। उनले नेपालले संविधानमा तेस्रो लिङ्गीका लागि पनि हक अधिकार सुनिश्चित गरिएको भन्दै खुशी व्यक्त गरिन्।

उनले विश्वमा एक सय करोड भन्दा बढी महिलामाथि हिंसा हुने गरेको र त्यसका लागि एक सय करोडले नै आवाज उठाउने पर्ने बताइन्।

उनले भनिन्, ‘अब महिलाहरु सिकार होइन, सिकन्दर हुनुपर्छ, अवला होइन सबला हुनुपर्छ।’ उनले नेपालमा पितृसतात्मक सोचलाई हटाउन महिला र पुरुष लागेकोमा खुशी व्यक्त गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?