नगरपालिकाको केन्द्र सार्ने विवादः मेयर पक्षधरले दिए उपमेयरविरुद्ध प्रहरीमा जाहेरी

नगरपालिकाको केन्द्र सार्ने विवादः मेयर पक्षधरले दिए उपमेयरविरुद्ध प्रहरीमा जाहेरी
+
-

जनकपुरधाम– हंसपुर नगरपालिकाका नगर प्रमुख पक्षधरले उपप्रमुख रेणु झासहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका छन्।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले मेयर पक्षधरले उपमेयर रेणु झासहित तीन जनाविरुद्ध जाहेरी दिएकाे जानकारी दिए।

उनीहरुले जाहेरी दर्ता गराउनुभन्दा पहिले आइतबार जनकपुरधाममा प्रदर्शन गरेका छन्। हंसपुर चोकबाट ट्रयाक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा आएका प्रदर्शनकारीहरुले उपमेयर रेणु झाविरुद्ध नारा जुलुस गरेका थिए।

नगर प्रमुख पक्षधरका व्यक्तिहरुले हंसपुर नगरपालिकाका उपप्रमुख झासहित वडा नं. २ का वडाध्यक्ष उदय साह र वडा २ बस्ने किशोरी यादवविरुद्ध जाहेरी दर्ता गरेका हुन्।

मेयर पक्षधरहरुले मेयर लगायत चार जनामाथि लगाइएको झुठामुद्दा खारेज गर्न माग गर्दै जनकपुरधामका विभिन्न चोकमा प्रदर्शन गरेका थिए।

यस भन्दा पहिले नगरपालिकाको केन्द्र सार्ने विवाद हुँदा विवादको क्रममा घाईते भएका तपेश्वर मण्डलको मृत्यु भएपछि मण्डलका छोराले हंसपुरका नगर प्रमुख रामज्ञान मण्डलसहित चार जना विरुद्ध मुद्दा दर्ता गराएका थिए।

यो पनि पढ्नुहोस्

नगरपालिकाकाे केन्द्र सार्ने विवाद: घाइते मण्डलकाे मृत्युपछि मेयरसहित चार जनाविरुद्ध मुद्दा

नगरपालिकाकाे केन्द्र सार्ने विवाद: घाइते मण्डलकाे मृत्युपछि मेयरसहित चार जनाविरुद्ध मुद्दा

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’