कास्कीका २९ जना विद्यार्थीले पाए रोजगार बोर्डको छात्रवृत्ति

कास्कीका २९ जना विद्यार्थीले पाए रोजगार बोर्डको छात्रवृत्ति
+
-

पोखरा– वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका बालबच्चालाई छात्रवृत्ति रकम उपलब्ध गराइएको छ।

नेपालबाट श्रम स्वीकृति लिई विदेश गएका त्यस्ता परिवारका बालबालिकालाई माध्यमिक तहसम्मको पढाईका लागि वैदेशिक रोजगार बोर्डले छात्रवृत्ति उपलब्ध गराएको हो।

संकलनमा परेका र सिफारिस भएकामध्ये कास्कीमा २९ विद्यार्थीले नगद रकम पाए। शिक्षा विकास तथा समन्वय इकाई कास्की र सुरक्षित आप्रवासन (सामी) परियोजनाको संयुक्त सहकार्यमा उनीहरुले छात्रवृत्ति पाएका हुन्।

आधारभूत तहसम्म अध्ययन गर्दै गरेका २१ जनालाई ८ हजार र माध्यमिक तहसम्म अध्ययन गर्दै गरेका ८ जनालाई १२ हजारका दरले रकम दिइयो। उनीहरुलाई वार्षिक रुपमा उक्त रकम उपलब्ध गराइने सामी परियोजना कास्की संयोजक माया गुरुङले बताइन्।

सामीले पीडित परिवारका बालबालिकाको शिक्षाको अवस्था संकलन गरी छात्रवृत्ति भरपाईका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पठाएको थियो।

इकाईले रोजगार बोर्डमा छनोटका लागि पठाएको थियो। बोर्डले अन्तिम छनोटमा परेका विद्यार्थीलाई हातैमा नगद उपलब्ध गराउने गरी इकाईमार्फत रकम हस्तान्तरण गरेको हो।

श्रम स्वीकृती लिएर जाने कामदारले कल्याणकारी कोषमा १ हजार ५ सय जम्मा गुर्नपर्ने हुन्छ। उक्त कोषको रकम कामदारकै हितमा उपयोग गर्ने गरी बोर्डले केही वर्षअघिदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको सामी संयोजक गुरुङले जानकारी दिइन्।

गुरुङले बालबालिकाको अध्ययनमा आर्थिक अभाव हुन नदिन बोर्डले थोरै भए पनि पठाएको रकम उनीहरुको शिक्षामै खर्च गर्न अभिभावकलाई आग्रह गरिन्।

‘निजी विद्यालयमा पढ्ने, एकै परिवारका एकभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति नदिने बोर्डको निर्णय अव्यवहारिक थियो,’ उनले भनिन्, ‘अभिभावकको स्थितिलाई हामीले नजिकबाट बुझेर नै त्यस्तो निर्णय परिमार्जन हुनुपर्छ भन्दै वकालत गरिरह्यौँ। र बोर्डले आफ्नो निर्णय सुधारेको छ।’

यस वर्षदेखि नै सरकारी, निजी दुवैमा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाएको गुरुङले जानकारी दिइन्। एकै परिवारका दुई जनाले पनि रकम पाएका छन्। कास्कीमा त्यस्ता परिवारका बालबालिकाको शिक्षाको लागि भन्दै बोर्डले २ लाख ६४ हजार रुपैयाँ रकम पठाएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले विद्यार्थी एवं अभिभावकलाई रकम हस्तान्तरण गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?