पुल निर्माणको माग गर्दै बैतडीमा रिले अनसन

पुल निर्माणको माग गर्दै बैतडीमा रिले अनसन
+
-

धनगढी– बैतडी र भारतको पिथौरागढ जोड्ने महाकालीको झुलाघामा पुल निर्माणको माग गर्दै बैतडीमा रिले अनसन थालिएको छ।

उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो।

कुनै समय सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, अछाम र बैतडीको मुख्य व्यापारिक नाकाका रुपमा रहेको बैतडीकाे झुलाघाट नाका तराईबाट मोटरको पहुँच पहाडी जिल्लामा पुगेसँगै ओझेलमा परेको थियो।

तराईबाट पहाडी क्षेत्रका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री ढुवानी हुँदा बैतडीको झुलाघाट नाकामा चहलपहल शून्य हुन थालेपछि सो क्षेत्रको व्यापार व्यवसाय पनि सुख्खा खस्किँदै आएको छ।

बैतडीका सरोकारवाला निकायले पटक–पटक झुलाघाटमा मोटर पुल निर्माणका लागि पहल गरेपनि राज्यको ध्यान जान नसकेपछि उद्योग वाणिज्य संघले रिले अनसन सुरु गरेको अध्यक्ष चन्दले बताए।

‘झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका थिए’, उनले भने,‘अहिलेसम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट देखिएन, त्यसैले राज्यको ध्यानाकर्षण गर्नका लागि हामीले रिले अनसन थालेका हौँ।’

अनसनमा उद्योग वाणिज्य संघसँगै निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल व्यवसायी संघले समेत ऐक्यवद्धता जनाएका छन्।

गोठलापानी बजारदेखि र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभामा परिणत भई अनसन सुरु गरिएको हो। ऐक्यवद्धता जनाएका सबै संघसंस्थाको प्रतिनिधित्व हुने गरी २० जना रिले अनसनमा बसेका हुन्।

बिहान १० बजेदेखि साझ ५ बजेसम्म हरेक दिन रिले अनसन बस्ने संघर्ष समितिले जनाएको छ। झुलाघाटमा मोटरेवल पुल निर्माणको लागि सरकार पक्षबाट प्रतिबद्धता नआएसम्म अनसन जारी रहने संयोजक चन्दले बताए।

भारत सरकारकातर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सो क्षेत्रमा प्रारम्भिक सर्वेक्षण गरेको भएपनि त्यसयता भने पुल निर्माणको कामले गति लिन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?