आँखाको ज्योति नभएर के भो! मनको ज्योति त तिखो छ

+
-

म जन्मजात दृष्टिविहीन। तर, दृष्टिविहिन भएकैले मेरो यात्रा, शिक्षा र करियर रोकिएन। मैले द्वन्द्व, शान्ति र विकास अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेको छु। (लक्ष्मी दिक्पाल, भक्तपुर)

म सन् १९८७ मा जन्मिए। सन् १९८८ मा मैले अभिभावकसहित आँखाको ज्योति पनि गुमाए। हाल नेपालको सांगितिक क्षेत्रमा व्यवसायिक गायकका रुपमा स्थापित छु। २१ भन्दा बढी भाषामा गित गाएर विश्व कीर्तिमान बनाउने मेरो लक्ष्य छ। (प्रकाश तिमल्सिना)

आँखाको ज्योति नभएर के भो त! इच्छाशक्ति भए मन र मस्तिष्कले साथ दिइहाल्छ नि, सफलताको यात्रामा। त्यसैले त दृष्टिविहीनहरुले समाजका विभिन्न क्षेत्रमा प्राप्त गरेका सफलता र उपलब्धिलाई एउटै मञ्चमा  प्रस्तुत गर्न आइतबार राजधानीमा आयोजित कार्यक्रमको नेतृत्व गरेकी  सारा गिरी भन्दै थिइन् – आँखा देख्नेहरुको पनि अझै आँखा खुलोस् भनेर नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरिएको हो।

सारा गिरी।

‘सेन्सिङ द वन्डरफुल वर्ल्ड यू सी’ अर्थात तिमीले देख्ने ‘वन्डरफुल’ विश्वको अनुभूति। दृष्टि भएकाले देख्ने विश्वलाई दृष्टिविहीनले कसरी अनुभूत मात्र गरेर सफलता हात पारिरहेका छन् भन्ने देखाउन कार्यक्रमको शीर्षक राखिएको थियो : ‘सेन्सिङ द वन्डरफुल वर्ल्ड यू सी।’

दृष्टिविहीन भएपनि दृष्टि भएकासँग टक्कर लिँदै आफूलाई सफल र सक्षमरुपमा स्थापित गराएका मुलुकभरका १ सय ५० भन्दा बढी नेत्रविहीनलाई कार्यक्रममा उपस्थित गराइएको थियो। उनीहरुले आफ्ना जीवन संघर्ष र सफलताका कथाहरु सुनाए।

कार्यक्रममा दृष्टि विहीनताको सीमालाई उछिन्दै विश्वमा सफलता हासिल गरेका अनेक व्यक्तिहरुको भिडियो प्रस्तुत गरिएको थियो।

कार्यक्रमको क्युरेटर गिरी भन्दै थिइन्:  नेत्रविहीनको क्षमता, उपलब्धि र उनीहरुले पाएको सफलता हामीले आँखा खोलेर हेर्न जरुरी छ। विश्वभर नेत्रविहीनले के  के गरिरहेका छन् ? उनीहरुका सफलता बुझ्न जरुरी छ।’

आवाजबाट चित्र बनाएर कुरा गर्दा दृष्टिविहीनलाई विश्व देखाउन सकिने उनको सुझाव छ।  भनिन् , ‘हामीलाई एक अर्कासँग जोड्ने माध्यम भनेको नै आवाज हो। त्यसैले आवाजलाई एउटा चित्रको माध्यम बनाएर उनीहरुसँग जोडिन सकिन्छ।’

दृष्टिविहीनहरु।

 

भिडियो हेर्नुहोस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?