बोतलबन्द पानीका कारण हामी खान्छौँ प्रत्येक दिन २ सय प्लास्टिकका कण

बोतलबन्द पानीका कारण हामी खान्छौँ प्रत्येक दिन २ सय प्लास्टिकका कण
+
-

काठमाडौं- मानिसले प्रत्येक वर्ष ७३ हजार प्लास्टिकका कण निल्ने गरेको एक अध्ययनले देखाएको छ।

यसको खुलासा अस्ट्रियाका मेडिकल युनिभर्सिटी अफ भियनाले आफ्नो एक अनुसन्धानमा गरेको छ। शोधकर्ताका अनुसार मानिसको शरीरमा प्लास्टिकको कणको प्रमुख कारण भनेको समुद्री जीवको भोजनका साथै बोतलबन्द पिउने पानी हो। यसले मानिसको छातीमा संक्रमण गरिरहेको छ।

प्रमुख शोधकर्ता डा. फिलिप श्वाबलको भनाइ छ – एक दिनमा मानिसले औसत माइक्रोप्लास्टिकका २०० कण खान्छ। एक वर्षमा उसले करीब ७३ हजार कण खाने अध्ययनमा देखिएको छ। बोतलबन्द पिउने पानीका अलावा समुद्री जीवको भोजन यसको कारण हो। खासमा जीवले समुद्रमा फालेका फोहोर खान्छ र पछि यही हाम्रो खाना बन्न पुग्छ। शोधकर्ताका अनुसार औसत प्रतिदस ग्राम मानवमलमा २० माइक्रोप्लास्टिक कण प्राप्त हुने गरेको छ।

शोधकर्ता डा. फिलिपका अनुसार शरीरमा भएको प्लास्टिकको मात्रा पत्ता लगाउन मानव मलको अध्ययन गरिएको हो। यसले सबै प्रष्ट बनाएको छ।

शोधमा प्लास्टिकका मिहीन कण शरीरमा पुगेर घातक रसायनमा परिवर्तित हुनसक्ने बताइएको छ। रक्त सञ्चारसँगै यो कलेजो लगायत शरीरका अन्य भागमा पनि जानेछ।

डा. फिलिपका अनुसार, मानव मलमा माइक्रोप्लास्टिक भेटिनुको कारण प्लास्टिकको बोतल धेरै हदसम्म जिम्मवार रहेको छ। वैज्ञानिकको टोलीले मानव शरीरमा प्रवेश गर्ने प्लास्टिकका अन्य सात रूप पनि पत्ता लगाएका छन्। जस्तो श्वास फेर्ने प्रदूषित हावा जसमा अहिले प्लास्टिकका मसिना कण मिसिएको पाइएको छ। यसको आकार ६ एमएम भन्दा पनि कम छ।

यो शोध मांसाहारीबीच गरिएको थियो। रिपोर्टमा पाइएको छ कि समुद्री जीवजस्तै टुना माछा, झिंगे माछाका कारण प्लास्टिकको कण शरीरमा प्रवेश गरिरहेको छ। बितेका केही वर्षमा समुद्री पानी, हावा, बोतलबन्द पिउने पानी तथा तलाउको पानीमा पनि प्लास्टिकको कण भेटिएको छ। संसारभर प्लास्टिकको उत्पादनमा वर्षेनी तीव्र गतिले वृद्धि भैरहेको कारण यसो भएको वैज्ञानिक मान्यता छ।

पछिल्लो महिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई रोक्ने पहल पनि गरेको थियो। संगठनले पिउने पानीका कारण माइक्रोप्लास्टिक्सको सम्पर्कमा आउनेहरुमा मानिसमा हुने खतराको विश्लेषण गरेको छ। डब्ल्यूएचले प्लास्टिकको सबैभन्दा सुक्ष्म कण कहाँबाट आउँछ र पिउने पानीमा जानबाट यसलाई कसरी रोक्न सकिन्छ भन्ने विश्लेषण पनि अघि बढाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?