विपी जयन्तीमा जनकपुरमा १०६ वटा रुख रोपियो

विपी जयन्तीमा जनकपुरमा १०६ वटा रुख रोपियो
+
-

जनकपुरधाम- जनकपुरधाममा वृक्षारोपण गरेर १०६औं विपी जयन्ती मनाइएको छ। विपी जयन्तिको अवसरमा मंगलबार जनकपुरधाम ४ मा अवस्थित महेन्द्रनारायण मिथिला सांस्कृतिक केन्द्रमा विभिन्न प्रजातिको १ सय ६ वटा विरुवा रोपेका छन्।

वृक्षा रोपन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले महामानव वि पि कोईरालाको विचार अहिले पनि पार्टीका लागि महत्वपूर्ण रहेकोले यसलाई पार्टीले अहिले पनि विपि कोईरालाको सिद्धान्तलाई आत्मसात गरेर अगाडी बढेको बताए।

उनले दोश्रो चरणको हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियानको शुरुआत वि पि कोईरालाको जन्मजयन्तिको अवसरमा गरेको बताउदै पार्टीको नीति, विचार तथा सिद्धान्तलाई जनजनमा पुर्याउनका लागि कार्यकर्ताहरुसंग आग्रह पनि गरे।

उपसभापति निधिले वर्तमान सरकारले गरेको गलत कार्यको बारेमा जनतासमक्ष लग्न तथा नेपाली काँग्रेसले विगतमा गरेको सकारात्मक कार्यका बारेमा जानकारी दिनका लागि आजको दिन उपयोग गरेर अभियानको थालनी गरेको बताए ।

उनले विगतमा नेपाली काँग्रेसमा गुट उपगुट रहेको र अन्तरघात भएका कारणले चुनावहरुमा पराजित हुनुपरेको बताउदै अव व्यक्ति भन्दा पार्टी तथा नीतिलाई प्राथमिकतामा राखेर कामकाज गर्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिए।

अव गुट तथा व्यक्तिको मुख हेर्नुको साटो पार्टी तथा पार्टीको नीतिको आधारमा कामकाज गर्नका लागि आग्रह गरे । विगतमा जे भयो भयो अव सुधार गरेर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताए।

उनले नेपाली काँग्रेसको गुवाईमा नै संविधानको निर्माण तथा विकासका कैयन महत्वपूर्ण कामकाज भएको विषयमा राष्ट्रिय जागरण मार्फत जनजनमा सन्देश दिएर जनतालाई पार्टीसंग जोड्नका लागि आग्रह पनि गरे।

त्यस्तै आज विहान विपि जयन्तिको अवसरमा नेपाल तरुण दल धनुषाले जनकपुरधामको जानकी बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई फलफूल वितरण गरेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’