हुम्लामा पाँच महिनामा चार वटा बहुविवाहका मुद्दा दर्ता

हुम्लामा पाँच महिनामा चार वटा बहुविवाहका मुद्दा दर्ता
+
-

सिमकोट– हिमाली जिल्ला हुम्लामा पाँच महिनामा चार वटा बहुविवाहका मुद्दा अदालतमा दर्ता भएका छन्।

मुलुकी अपराध संहिता ऐनले बहुविवाहलाई पूर्णरुपमा निषेध गरेको अवस्थामा पनि हुम्लामा बहुविवाहका घटनाहरु बढ्न थालेका छन्।

यसअघि बहुविवाह भएपनि बाहिर नआउने र गुपचुपमै मिल्ने भएको कारण सार्वजनिक नभए पनि अहिले भने उजुरी नै परेर प्रहरीले अनुसन्धान गरेर मुद्दा दर्ता भएपछि यो संख्या बढेको पाइएको हो।

जिल्ला प्रहरी कार्यालयको अभिलेखले अनुसार गत वैशाखदेखि हालसम्म चारवटा बहुविवाहका मुद्दा दर्ता भएका छन्।

दुई वटा बहुविवाहका मुद्दा अघिल्लो आर्थिक वर्ष र दुई वटा चालू आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भई प्रहरीले अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ।

सानै उमेरमा विवाह गर्ने र पछि अर्काे विवाह गर्ने प्रवृति हुम्लामा परेका बहुविवाहका केशमा पाइएको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?