सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपाले टुङग्यायो पार्टी एकता

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपाले टुङग्यायो पार्टी एकता
+
-

धनगढी-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा एकताको टुङ्गो लगाएको छ।

नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावल, स्थायी कमिटि सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा लगायतको उच्च स्तरिय कार्यदलले धनगढीमा भदौ २५ र २६ गते निरन्तर छलफल गरी सुदूरपश्चिममा सम्पूर्ण पार्टी एकताको काम सम्पन्न गरेको नेकपाद्वारा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

धनगढी स्थित नेकपाको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज रावलले सौहार्द वातावरणमा पार्टी एकताको काम टुङ्गयाइएको बताए। रावलले भागवण्डा भन्दा पनि योगदान र क्षमताका आधारमा सम्पूर्ण स्थानीय तहको नेतृत्व चयन गरिएको दावी गरे।

सो क्रममा उनले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई एकताबद्ध भएर पार्टी कार्यमा लाग्न निर्देशन दिए।उनले पार्टी एकीकृत भइसकेको बेला कार्यकर्ताहरुलाई देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, विकास र समृद्धिका लागि दृढतापूर्वक एकता बद्ध भएर अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गरे।

उनले भने–‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ, अब भातृसंगठन एकीकरणको कामपनि छिट्टै टुंगो लगाइने छ।’ उनले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गरे।

पत्रकार सम्मेलनमा ईन्चार्ज रावल संगै नेकपा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी लगायतको पनि सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?