जनकपुरमा कहिले आउँछ रेल ?

जनकपुरमा कहिले आउँछ रेल ?
+
-

जनकपुरधाम- गत वर्षदेखि जनकपुरधाममा रेल चल्ने कुरा चल्दै आएको छ। कहिले असोजदेखि त कुनै बेला वैशाखदेखि रेल चल्ने कुरा समेत चल्यो तर रेल भने चलेन बरु रेल सेवा सुचारु हुनुभन्दा अगावै गत असारमा आएको बाढीले धनुषाको इनरवामा रहेको रेल्वेको लिक नै बगाएर लग्यो।

यसपटक पनि कार्तिकदेखि चल्ने कुराले चर्चा पाइरहेको छ तर चल्छ वा चल्दैन भन्‍ने कुराको यकिन भने हुन सकेको छैन्।

रेल विभाग जनकपुरधाम साइटका प्रमुख इन्जिनियर विनोद ओझा भन्छन् ‘गत वर्ष हामीले भनेका थियौँ की असोजदेखि नै चल्छ तर चलेन त्यति बेला रेल्वे सञ्चालनमा आएको भए पनि क्षणिक मात्रै हुने थियो किनभने भारत सरकारले मात्र ७ दिनका लागि रेलको इन्जिन र रेल दुवै भाड़ामा दिने भनेको थियो।’

जुन कुरा नेपाल सरकारले स्वीकारेन र आफैँ रेल किन्ने र चलाउने भन्ने निर्णय गरेका कारण रेल चल्न नसकेको ईन्जिनियर ओझाले बताए।जयनगरदेखि जनकपुरधामसम्म रेल सञ्चालनका लागि लगभग १ हजारदेखि १२ सयसम्म यात्रु अट्ने डेमो (विद्युत्तबाट चल्ने) ट्रेन भारतमा निर्माण हुँदैछ। जसमा पाँच वटा बगी हुनेछ भने दुई सेट ईन्जिन रहेनछ।

प्रमखु ओझाले आफुहरुले दाबी गरे अनुसार समयमै काम सम्पन्न नभएकै कारण गत वर्ष रेल सञ्चालन हुन नसकेको स्वीकारे। उनका अनुसार अहिलसम्म पनि भारतको जयनगरबाहेक कुनै पनि स्टेशनको कामहरु पूरा हुन सकेको छैन्।

उनले भने ‘जनकपुरधाममा त पानीको सप्लाई हुन सकेको छैन् न त शौचालयकै व्यवस्था नै हुन सकेको छ, झन् परवाहा स्टेशनमा विद्युत्त समेत जड़ान गरिएको छैन् तर यी कामहरु त्यति झन्झटिलो नभएकोले आगामी कार्तिक वा मंसिरदेखि रेल सेवा सञ्चालनमा आउनेछ भन्नेमा हामी विश्वस्त छौँ।’

बाढ़ीले ईनरुवास्थित रेल्वे लिकमा पुर्याएको क्षतिको समाधानबारे ओझा भन्छन् ‘बाढीले बगाएका पर्वाहा तिरको रेल्वे लिकको निर्माण अब तिन÷चार दिनमा शुरु हुन्छ। लिकको तल माटो हाल्ने काम गर्नु छ।’

प्रमुख ओझाका अनुसार जयनगरदेखि महोत्तरीको बर्दिबास रेल चल्न अझै ३ देखि ४ वर्षसम्म लाग्नेछ।उनले भने पहिलो तरणमा जयनगरदेखि कुर्थासम्म रेल चल्न २÷३ महिना लाग्छ भने दोस्रो चरण अन्तर्गतको काम कुर्थादेखि महोत्तरीको भंगहासम्ममा अहिले ब्लास्ट हाल्ने काम भइरहेको छ। र यो काम लगभग एक वर्ष जति समय लाग्नेछ र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म रेल्वे सञ्चालनका लागि ३ देखि ४ वर्षसम्म लाग्छ।

भंगहापछिको रेल्वे सञ्चालनका लागि जग्गा अधिग्रहणको प्रक्रियामा रहेको छ। जग्गा अधिग्रहणका लागि सूचना निकालिसकेको बताउँदै प्रमुख ओझाले भने ‘हामीले महोत्तरीको किशाननगरसम्म मुआब्जा निर्धारण समेत गरिसकेका छौँ र अरु ठाउँको मुआब्जा निर्धारण गर्ने प्रक्रिया चलिरहेको छ।’

न्यारोगेजबाट ब्रोडगेज रेल सञ्चालनमा ल्याउने भन्दै नेपाल सरकारले २०७१ साल माघदेखि जनकपुर–जयनगर रेलसेवा बन्द गरेको थियो ।

मिथिला पेन्टिङ्गले सु-सोभित रेल्वे स्टेशन


निमार्ण अवस्थामा रहेको जनकपुरधामको रेल्वे भवनको पर्खालहरुमा मिथिला पेन्टिङ्ग गरिएपछि यो अहिले सेल्फी स्पोट नै बनेको छ।

रेल्वे स्टेशनको भवनमा प्राचिन रामायण कालिन जानकी विवाह, अहिल्या उद्यार, धनुषा तोड्ने लगायतका रामायण काण्डका पेन्टिङ्गहरु स्टेशनको पर्खालमा गरिएको छ। यहाँ आउने युवा युवतीहरु मिथिला पेन्टिङ्ग हेरेर रमाउनुको साथै यहाँ फोटो लिने स्पोटको रुपमा यहाँ फोटोहरु लिने गरेका हुन्छ।

स्टेशनको पर्खालमा भारत सरकारकै सहयोगमा भारत विहार राज्यका मधुवनि जिल्लाबाट मिथिला पेन्टरहरु आएर स्टेशनको पर्खालमा मिथिला पेन्टिङ्ग गरेका थिए । पर्खालमा मिथिला पेन्टिङ्ग गरेपछि यसको चौतर्फी प्रसंसा भएको थियो ।

सानो व्यापारीमा ल्याएन उत्साह

नेपाल रेल्वे सञ्चालनको काम अब अन्तिम समयमा रहेतापनि व्यापारीहरुमा यसको सञ्चालनपछि आउने अवस्थामा फरक फरक मत राख्छन् । सानो व्यापारीहरुमा रेल्वे सञ्चालन पछि व्यापार व्यवसायमा कमि आउने आशंका गरेका छन्् भने ठुला व्यापारीहरु यसको सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन्।

जनकपुरधाममा कपडाको व्यापार गर्दै आएका मनिस साहका अनुसार रेल्वे सञ्चालनमा आई सकेपछि यहाँका मानिसहरु रेलमा चढेर भारतको जयनगरबाट सस्तोमा कपडा ल्याउँछ जसको कारणले यहाँको व्यापारमा कमी आउँछ।

उनले भने, ‘अहिले जनकपुरधाममा घरभाडा दोबर÷तेबरले बढेको छ, जसको कारण हामीहरु सबैको खर्चा कपडामा जोडने गर्छौ जसको कारणले कपडा यहाँ महगो हुन्छ तर त्यही कपडा भारतमा लिँदा यहाँ भन्दा आधीमा मात्रै आई हाल्छ।

यस्तो अवस्थामा यहाँ कोहि सामानहरु लिँदैन् ।’ उनमा रेल्वे सञ्चालन भएपछि व्यवसायमा ह्रास आउने डर रहेको छ । साहमा मात्र नभई यहाँ सानो तिनो व्यापार गर्ने धेरै व्यापारीमा रेल्वे सञ्चालनमा आएपछि व्यवसायमा कमी आउने डर रहेको छ।

रेल्वे सञ्चालनमा आएपछि अन्य व्यापारमा ह्रास आएपनि होटल व्यवसायमा बढोतरी हुने यहाँका व्यापारीहरुको भनाई रहेको छ । होटल व्यवसाय गर्दै आएको रमेश साहको भनाई छ । ‘रेल्वे सञ्चालन भएपछि यहाँ जानकी मन्दिर हेर्न भारतीय नागरिकको संख्यामा वृद्धि हुन्छ;’ उनले भने, ‘तिनीहरु यहाँ आएपछि यहाँ बस्न र खाना खान होटलहरुमा आउनै पर्छ जसको कारणले होटल व्यवसाय यहाँ फस्टाउँछ।’

यता जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आएपछि यहाँको व्यापार व्यवसाय फस्टाउने जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठका दावा छन्।

‘रेल्वे सञ्चालनमा आएपछि यहाँ आउने जानेको संख्यामा वृद्धि हुन्छ यस्तो अवस्थामा यहाँको व्यापार फस्टाउँछ,’ उनले भने, ‘रेल्वे सञ्चालन भएपछि कपडा र किराना पसलको व्यापारमा कमी आउन सक्ने आशंका छ । यस्तो भयो भने, व्यापारीको हक हितमा जनकपुरधाम उद्योग वाणिज्य संघ कुनै ठोस निर्णय गर्छ ।’ तर रेल्वे सञ्चालनमा आएपछि निश्चित रुपमा यहाँको व्यापार व्यवसाय फस्टाउने महासचिव महासेठको तर्क छ ।

भन्सार कार्यालयको व्यवस्था छैन्


कुर्था–जनकपुरधाम–जयनगर रेल्वे सञ्चान कार्तिक महिना सम्ममा सञ्चालन गर्ने दावा अहिले रेल्वे विभागले गरेतापनि भन्सारको व्यवस्था अहिले सम्म गरिएको छैन्। भारतबाट आउने सामानलाई राखने गोदाम लगायतका व्यवस्था तथा यार्ड (चेक जाँच गर्ने ठाउँ) को व्यवस्था नभएपछि रेल्वे सञ्चालनमा आएपनि भन्सारमो खासै फाईदा नहुने जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर कुमार मिश्र बताए।

उनका अनुसार जनकपुर–जयनगर रेल्वे सञ्चालन भएपनि भन्सार असुलीमा खासै फरक आउँदैन्। उनले भने, ‘रेल्वे सञ्चालन भएपनि यहाँ समानहरु आउने सम्भावना कमै छ, किनभने मालगाडी आए पनि अहिले यार्ड (भन्सार चेक गर्ने ठाउँ) पनि यहाँ छैन्।

यस्तो अवस्थामा यहाँ मालगाडी आउँदैन। मालल्याउनको लागि यार्डको व्यवस्था गर्र्नु पर्छ किनभने व्यापारी आफ्नो सामान ल्याउँछ भने तिनीहरुलाई सामान सूरक्षित चाहिन्छ तर यार्ड नै नभए यहाँ मालगाडी कदापी आउँदैन्।’ मालगाडि नआएपनि जनकपुरधामका व्यापारीहरु भने रेल्वेमा सामान ल्याउँदा भन्सारमा १०÷२० प्रतिशत भन्दा बढी वृद्धि नहुने भन्सार प्रमुख मिश्रले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?