
सिमकोट-बैंकमा बचत गर्ने सेवाग्राहीहरुमा मुद्दति खाता सञ्चालन गर्नेको संख्या बढ्दै गएको छ।
बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि गत वर्षको तलनामा यो बर्षमा खातामा पैसा जम्मा गर्नेको संख्यामा दोब्बरले बृद्धि भएको हो।
पहिले ब्याजदर नहुँदा यो खाता सञ्चालन गर्ने केही विद्यालय बाहेक अरु नभए पनि अििहले अबधि अनुसार ब्याजदर दिन थालिए पछि यसको संख्या दिनप्रतिदिन बढी रहेको राष्ट्रिय बाणिज्य बैंकका म्यानेजर थानसिंह बिष्टले बताए।
यसरी बैंकमा मुद्दति खाता सञ्चालन गर्ने सेवाग्राहीहरुले पचास हजार देखि १५ लाख रुपियाँसम्म राख्ने भएको र यो संख्या हाल आएर डेढ सय भन्दा बढी पुगेको उनले बताए। जब कि एक बर्ष अगाडीसम्म पचास जना यसको संख्या रहेको थियो।
मुख्य कुरा ब्याजदर राम्रो भएपछि महिला पुरुष यो खाता प्रति आर्कषित भएका हुन। तीन महिनाको लागि सात प्रतिशित र पाँच बर्षका लागि खाता सञ्चालन गर्नेलाई नौ दशमलब २५ प्रतिशत दिने गरिएको उनले बताए।
यता एक सय पचास जना सेवाग्राहीले मुद्धति खाता सञ्चालन गरेको सिटिजन्स बैंकको म्यानेजर जग भण्डारीले बताए। सिटिजन्स बैंकले अबधि जति भएपनि ब्यक्तिगत रुपमा नौ दशमलब २५ प्रतिशत र संस्थागत रुपमा साढे आठ प्रतिशत ब्याज दिने गरेको छ।
यस बैंकमा पनि पचास हजार देखि २० लाख रुपियाँसम्म सेवाग्राहीहरुले खातामा पैसा राखेको म्यानेजर भण्डारीको भनाईछ। सिमकोटमा सिटिजन्स बैंकलाई ब्यस्त रहने बैंकका रुपमा लिने गरिन्छ। सो बैंकमा महिला सेवाग्राहीहरु बढी रहेका छन्।
दुई महिना अगाडी मात्र सञ्चालन भएको साँग्रीला बिकास बैंकमा हालसम्म ३५ वटा मुद्धति खाता सञ्चालन भएको बैंकका म्यानेजर चन्द्र प्रकाश लम्सालले बताए। सबैभन्दा बढी ब्याज दिने सांग्रिला बिकास बैंकले १० प्रतिशत बार्षिक ब्याज दिने गरेको छ।
उक्त बैंकमा पनि पचास हजारदेखि १८ लाख रुपियाँसम्मको मुद्दति खाता सञ्चालन गरिएका छन्।सेवाग्राहीहरुमा महिला र पुरुषको संख्या बराबरी रहेको बैंकले जनाएको छ। सिमकोटमा सञ्चालमा रहेका तीन वटा बैंकहरुमा मात्र मुद्दति खाताजम्मा भएको निक्षेप रकम पाँच करोड भन्दा बढी देखिएको छ।