मनास्लुमा आरोहीको ओइरो

मनास्लुमा आरोहीको ओइरो
+
-

यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन्। अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन्।

यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ। गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन्।

विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन्।

सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए।सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन्।

त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन्। नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस याममा हिमाल आरोहणबाट हालसम्म रु तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ। विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए।

आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?