
सिमकोट-चार हजार मिटर अग्लो नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमीको हल्जी गाउँमा वर्ल्ड लिंकको इन्टरनेट सेवा सञ्चालनमा आएको छ।
कर्णाली प्रदेश भरी इन्टरनेट सेवा बिस्तारको जिम्मा पाएको वर्ल्ड लिंक कम्युनिकेशन प्रालिले पाँच हजार मिटर अग्लो नारा लेकमा टावर स्थापना गरेर लिमीको हल्जी गाउँमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
इन्टरनेट सेवा सञ्चालनमा आएपछि पहिलो पटक लिमीका बासिन्दाहरुले देश बिदेशको पाउन सुरु भएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। यसले गर्दा लिमी गाउँ पनि अब आधुनिक सञ्चारसँग जोडिएको छ।
नेपाल टेलिकमको एक लाईन भिस्याट टेलिफोनबाट सम्पर्क हुने लिमीमा अब भने इन्टरनेटबाट प्राप्त गरिने सबै सेवाहरु प्रयोग गर्न पाइएको उनले बताए। अहिले लिमीमा पउक्त ल्याण्ड लाईनमा कुराकानी गरेको प्रति मिनेट बीस रुपियाँ लाग्ने गरेको छ भने आगमन कलको दश रुपियाँ तिर्नुपर्छ
दुरदराजको लिमी गाउँबाट स्थानीयले अब देश बिदेशमा रहदै आएका आफन्तसंग निशुल्क रुपमा सम्पर्क गर्न पाउने छन्। हाललाई वडा कार्यालयमा इन्टरनेट सेवा जडान गरिएको र त्यसैबाट लिमीबासीले इन्टरनेटको उपयोग गर्न सक्ने प्रालिका प्राविक रामजन रावतले बताउनु भयो। दुई वर्षसम्म उक्त सेवा लिमीका स्थानीयले निशुल्क रुपमा प्रयोग गर्न सक्ने उनले बताए।
यसलाईपछि बिस्तार गरे तीर जाङ गाउँमा पनि सेवा प्रदान गरिने वल्र्ड लिंकले जनाएको छ। नेपाल टेलिकमले जिएसएम र सिडिएमए मोवाईल सेवाका लागि टावर स्थापना गर्ने बताएको तीन वर्ष भए पनि अहिलेसम्म टावर स्थापना हुन सकेको छैन।