पर्यटक डाक्न ‘प्रि भिलेज कार्ड’ कुन सेवामा कति छुट ?

पर्यटक डाक्न ‘प्रि भिलेज कार्ड’ कुन सेवामा कति छुट ?
+
-

पोखरा-गण्डकी प्रदेश सरकारले पर्यटकको आगमनलाई प्रोत्साहन गर्न ‘प्रि भिलेज कार्ड’ उपलब्ध गराउने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटहरुलाई विभिन्न सेवाहरुमा निश्चित छुट सहितको व्यवस्था मिलाउन सहुलियत कार्ड वितरण गरिने भएको हो।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त कार्ड बिहीबार सार्वजनिक गरे।

आन्तरिक पर्यटन भ्रमण वर्ष मनाइरहेको प्रदेशले आगामी राष्ट्रिय पर्यटन भ्रमण वर्षसम्मलाई लक्षित गरेर उक्त सहुलियत कार्ड वितरण गर्न लागेको मन्त्री लम्सालले जानकारी दिए।

‘होटल रेस्टुरेन्ट, यातायातदेखि साहसिक खेलमा सहभागि हुने पर्यटकले सहुलियत पाउने छन्,’ उनले भने, ‘प्रदेशमा आउने पाहुनालाई यस्तो अभियानले आथित्यपनको महसुस गराउने विश्वास छ।’

होटलमा १५, रेस्टुरेन्टमा १० प्रतिशत छुट व्यवस्था गरिएको मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कृतनराज पौडेलले जानकारी दिए।होटल एसोसियसन अफ नेपाल (हान)मा संगठित भएका होटल र रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल (रेवान)मा आबद्ध भएका रेस्टुरेन्टले उक्त सहुलियत प्रदान गर्ने छन्।

प्याराग्लाइडिङमा १०, टुर प्याकेजमा र यातायात भाडादरमा १५, ट्रेकिङका लागि आवश्यक साधन खरिदमा १० र गार्मेन्ट खरिदमा समेत १० प्रतिशत सहुलियत पाइने व्यवस्था गरिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए। सहुलियतका लागि सम्बद्ध संस्थासँग सम्झौता गरिसकिएको उनले बताए।

ट्रेकिङ गाइडको सेवा भने निशुल्क उपलब्ध गराइने भएको छ।ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश कार्यालयमा सूचिकृत पर्यटक गाइड मार्फत सेवा दिइने भएको छ।

‘प्रि भिलेज कार्ड’ पर्यटनसँग सम्बद्ध निजी संस्थाहरु मार्फत वितरण गरिने महाशाखा प्रमुख पौडेलले जानकारी दिए।‘मन्त्रालयबाट आयोजना हुने पर्यटन प्रबद्र्धनात्मक कार्यक्रममा पनि वितरण हुनेछ,’ उनले भने।

चार प्रदेशमा प्रबद्र्धनात्मक कार्यक्रम


आन्तरिक पर्यटन भ्रमण वर्षको प्रचार गर्न गण्डकी प्रदेश सरकारले ४ वटा प्रदेशमा विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम लिएर पुग्ने भएको छ।प्रदेशका मुख्यमन्त्री मार्फत सरकारी तथा गैरसरकारी नियकाहरुसँग मन्त्री लम्सालले अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पर्यटन वर्ष २०१९–२०२२ कार्यक्रम संयोजक जुद्धबहादुर गुरुङले जानकारी दिए।

‘गण्डकी प्रदेश पर्यटन प्रबद्र्धन अभियान २०१९’ नाम दिइएको उक्त कार्यक्रम असोज ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो।‘प्रदेश ५ को बुटवल र भैरहवाको बीचमा अवस्थित मणिग्राम, प्रदेश २ को विरगञ्ज, प्रदेश १ को बिराटनगर र प्रदेश ३ को काठमाडौंमा कार्यक्रम हुन्छ,’ उनले भने, ‘प्रदेश सरकारहरु बीच अनुभव साटासाट, फोटो प्रदर्शनी र सांस्कृतिक कार्यक्रम गरिनेछ ।’

प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश पर्यटन वर्ष घोषणा गरिसकेको छ।उक्त अवधिमा योजनाबद्ध तवरले अघि बढ्न समेत कार्यविधि स्वीकृत गराई थप कार्ययोजना ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।प्रबद्र्धनात्मक कार्यक्रममा कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि गरी ५० जनाको टोली हुने कार्यक्रम संयोजक गुरुङले जानकारी दिए।

असोज ९ गते प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अभियान टोलीलाई पोखराबाट यात्रा शुभारम्भ गराउने छन्।प्रदेशका मुख्य सहरबीचमा पर्ने अन्य सहर पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौडा, धनुषाको जनकपुरधाम, सुनसरीको धरान र झापाको बिर्तामोडमा विभिन्‍न कार्यक्रम गर्ने संयोजक गुरुङले बताए। उक्त टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट समापन बिदाई गर्ने कार्यक्रम तय भएको उनले सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?