फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार
+
-

गोरखा– धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ।

मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए।

‘धार्चेको लाप्राक आएदेखि नै उहाँ बिरामी हुनुभएको रहेछ’, वडाध्यक्ष गुरुङले भने, ‘घटनाका बारेमा सम्बन्धित ट्राभल एजेन्सीलाई जानकारी गरायौँ। आज बिहान हेलिकोप्टर आएपछि उपचार लागि पठाइएको हो।’

पदमार्गका हिँडेकी पर्यटक आकस्मिक बिरामी परेको बिहीबार नै जानकारी पाए पनि मौसम खराबीका कारण आज बिहान मात्र उद्धार गर्न सफल भएको यती माउण्टेन एडभेन्चरका प्रबन्धक श्री गुरुङले जानकारी दिए।

उद्धार गरिएकी म्यारीको काठमाडौँ लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको उहाँले जानकारी दिए। म्यारी छोरासहित गाइड र पोर्टर लिएर मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि आएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?