गौरीफन्टा नाकामा नेपाल–भारत संयुक्त सहायता कक्ष

गौरीफन्टा नाकामा नेपाल–भारत संयुक्त सहायता कक्ष
+
-

धनगढी– सीमा क्षेत्रमा आवतजावत सहज बनाउनका लागि कैलालीको गौरिफण्टा नाकामा नेपाल–भारत संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

संयुक्त रुपमा स्थापना गरिएको सो कक्षमा नेपालका तर्फबाट जनपद प्रहरी, सशस्त्र प्रहरी तथा भारतको एसएसबीका पदाधिकारी रहने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

शुक्रबार नागरिक सहायता कक्षको स्थापना गर्दै प्रमुख जिल्ला अधिकारी बोहराले चाडवाडको समयमा सीमा क्षेत्रमा नागरिकलाई हुने समस्या समाधानका लागि सहायता कक्षले सहयोग पु¥याउने बताए।

चाडवाडका वेला स्वदेश भित्रिने नागरिकको सीमा क्षेत्रमा बढी भिड्लाग्ने हुँदा सो सुरक्षित आवत जावतका लागि यस बर्ष नाकामै नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

सहायता केन्द्रमा प्रदेश सरकारका प्रतिनिधीसंगै रिक्सा चालकका पदाधिकारी र नगरबस समितिका पदाधिाकरी पनि बस्ने उनले बताए।

‘स्वदेश फर्कने नेपालीबाट मौकाको फाइदा उठाउँदै केही रिक्सा व्यवसायीले समेत बदमासी गर्ने गरेको भन्ने सुन्नमा आएको छ’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘अब हामीले नाकामै रिक्सा तथा नगरबसको भाडादर खुलाएर पोष्टर राख्नेछौँ।’

सीमा क्षेत्रमा ड्युटी गर्ने नेपाल प्रहरीका अधिकारीलाई निर्देशन दिँदै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले हरेक नेपालीलाई सहज तरिकाले सीमा आवत जावत गर्ने वातावरण बनाउनु पर्ने बताए।

उनले सहायता कक्षमा आउने नागरिकलाई मात्रै नभई सीमा ओहोर दोहोर गर्ने हरेक नागरिकलाई के समस्या छ भनेर सोध्न पनि निर्देशन दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?