हतियार ओसार पसार गर्ने चारजना पक्राउ

हतियार ओसार पसार गर्ने चारजना पक्राउ
+
-

जनकपुरधाम – हतियार ओसार पसार गर्ने गरेको आरोपमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ६ का २१ वर्षिय लक्ष्मी मण्डल खत्वे, १९ वर्षिय सोबिन मण्डल, वड नं. ५ का २५ वर्षिय अबिनाश कुमार मण्डल र सिरहा जिल्ला औरही नगरपालिका घर भई धनुषाको विदेह नगरपालिका वडा नं. ६ मा बस्दै आएका ३५ वर्षिय मिश्री लाल मण्डल रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

असोज ३ गते विशेष सूचनाको आधारमा अविनाश मण्डलले आफ्नो घरमा कटुवा पेस्तोल राखेको सूचनाको आधारमा निजको घरमा खनतालसी गर्दा अविनाशलाई हतियारसहित पक्राउ गरिएको थियो भने अनुसन्धानको पश्चात अविनास सँगै तीनजना अरु रहेको पाईएपछि सबैजनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेको सबैजनामाथि हात हतियार तथा खरखजाना मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’