इसरोले घोषणा गर्‍यो अर्को अभियान, २०२१ मा तीनजना भारतीयलाइ अन्तरिक्षमा पठाइने

इसरोले घोषणा गर्‍यो अर्को अभियान, २०२१ मा तीनजना भारतीयलाइ अन्तरिक्षमा पठाइने
+
-

एजेन्सी – भारतको अन्तरिक्ष एजेन्सी इसरोले आफ्नो महत्वाकांक्षी योजना ‘गगनयान’ सार्वजानिक गरेको छ । यस अभियान अन्तर्गत इसरोले तीनवटा ‘स्पेस फ्लाइट’ गर्ने भएको छ ।

पहिला दुई फ्लाइट मानवरहित हुने छन् भने तेश्रो स्पेस फ्लाइटमा तीनजना भारतीय नागरिकलाइ अन्तरिक्षमा पठाइने छ। इसरो प्रमुख डा. के सिवनले अभियानबारे बताउँदै भने, ‘गगनयान’ अभियान अन्तर्गत इसरोले डिसेम्बर २०२० मा पहिलो मानवरहित ‘स्पेस फ्लाइट’ अन्तरिक्षमा पठाउने छ ।

यसैगरी जुलाई २०२१ मा इसरोले दोश्रो मानवरहित ‘स्पेसफ्लाइट’ लन्च गर्नेछ । उनका अनुसार यो गगनयान अभियान पूर्णतया स्वदेशी हुनेछ । अहिलेसम्म एक जना भारतीय नागरिकले मात्रै अन्तरिक्षमा पुग्ने सफलता पाएका छन् ।

भारतको पंजाब राज्यको पटियाला निवासी ७० वर्षीय रिटायर्ड विग कमाण्डर राकेश शर्मा २ अप्रैल सन १९८४ मा रुसी ‘स्पेसक्राफ्ट सोयुज टी–११’ बाट अन्तरिक्षमा पुग्ने पहिलो भारतीय बनेका थिए।

उनले ७ दिन, २१ घण्टा र ४० मिनटको समय अन्तरिक्षमा व्यतीत गर्ने सौभाग्य पाएका थिए । त्यस यता कोही पनि भारतीय नागरिक अन्तरिक्षमा पुगेको छैन ।

इसरो प्रमुख सिवनका अनुसार दुर्इवटा मानवरहित ‘स्पेसफ्लाइट’ को अनुभव लिएपछि तेश्रो पटकमा सन २०२१ को डिसेम्बर महिनामा तीनजना भारतीय नागरिकलाइ कम्तिमा ७ दिनका लागि अन्तरिक्षमा पठाइने छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्ट सन २०१८ मा लालकिलाबाट सम्बोधन गर्दै ‘गगनयान’ अभियानको घोषणा गरेका थिए । यस अभियानको खर्च झण्डै १० हजार करोड भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

सन १९६१ मा रुसी नागरिक यूरी गागरिनले अन्तरिक्ष यात्रा गरेपछि अहिलेसम्म विभिन्न ३८ देशका मानिसले अन्तरिक्ष यात्रा गरिसकेका छन् । २० जुलाई सन २०१९ सम्मको तथ्यांक अनुसार अन्तरिक्षमा पुग्ने मानिस संख्या ५६३ रहेको छ । तर अन्तरिक्षसम्म मानिसलाइ पठाउने कार्यमा भने जम्मा तीनवटा देशकै वर्चस्व रहेको छ । त्यसमा पहिलो नाम रूसको, दोश्रो नाम अमेरिकाको र तेश्रो नाम चीनको रहेको छ ।

चीनले १५ अक्टूबर २००३ मा कजभलशजयग –५ ‘स्पेसक्राफ्ट’बाट यांग लिवेईलाइ २१ घण्टा भन्दा लामो समयका लागि अन्तरिक्ष यात्रामा पठाएको थियो ।

यसैगरी सन २०१२ मा कजभलशजयग –९ बाट पहिलो चिनियाँ महिला लिउ यांग अन्तरिक्षमा पुगेकी थिइन् । अर्का दुईजना चिनियाँ, जिंग हाइपिंग र चेन डाँगले पनि २६ दिन लामो अन्तरिक्ष यात्रा गरिसकेका छन् ।

भारतका अन्तरिक्ष यात्रीले पृथ्वीको ‘लो ऑर्बिट’ मा ( ३००–४०० किमिमाथि) सात दिन बिताउने छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?