
सिमकोट– पर्यटन क्षेत्रको ठूलो संभावना बोकेको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा सोमबारदेखि सुरु भएको याल्वाङ लिमी महोत्सवले स्थानीय पर्यटनलाई टेवा पुगाउने विश्वास व्यक्त गरिएको छ।
महोत्सवमा स्थानीय कला संस्कृतिका साथै अर्गानिक अन्नपातका परिकारहरु विशेष आकर्षणको रुपमा रहेका छन् ।
मिठेर तिते फापरको रोटी, ढिडो, चिनोको चामलको भात र खीर, चौरीको घ्यु, नौनी, छुर्पी, नाफलको रोटी, उवा सातु, सिस्नुको फाँडो, हिमाली उच्च क्षेत्रमा पाईने सिमीको दालका साथै जिम्बुको स्वाद महोत्सवमा लिन पाइन्छ ।
महोत्सवमा तयार पारिएका स्टलमा पहिरन र स्थानीयले हातैले बुनेका कपडाहरु पनि राखिएका छन् ।