संयुक्त कम्न्युष्टको प्रशिक्षण, तानाशाहीको अभ्यास: निधि

संयुक्त कम्न्युष्टको प्रशिक्षण, तानाशाहीको अभ्यास: निधि
+
-

धनगढी- नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले चिनिया कम्न्युष्टबाट नेपालमा प्रशिक्षण गराएर संबिधान र संघियता मास्न खोजेको आरोप लगायका छन्।

उनले नेपालको सत्तापक्ष नेकपाका नेताहरुले चिनिया कम्न्युष्टबाट आफ्ना कार्यकर्तालाई प्रशिक्षण गराएर संबिधान सिद्याउने जनशक्ति तयार गर्न लागेको बताए ।
नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानको मंगलबार धनगढीमा समापन गर्दै उपसभापति निधिले भने–‘बर्तमान सरकार संघियतामा बिश्वास गर्दैन त्यसैले चिनको प्रशिक्षण लिएर एकदलिय तानाशाही शासन ल्याउन खोज्दै।’

संघिय प्रणाली माथि बर्तमान सरकारबाट मात्रै खतरा रहेको निधिको भनाई छ।पुर्ब उपप्रधानमन्त्री समेत रहेका निधिले भने–‘नेकपा नेतृत्वको सरकारले गाउँ गाउँमा आएको अधिकार खोसेर सिंहदरबार केन्द्रित गरिरहेको छ, सिंहदरबार भित्र पनि प्रधानमन्त्रीले सबै अधिकार आफुमा केन्द्रित गर्दैछन् ।’ यी सबै लक्षण हेर्दा बर्तमान प्रधानमन्त्रीले संघियता नचाहेको स्पष्ट भएको निधिले बताए।

नेपालका सबै परिबर्तन र क्रान्ति नेपाली काँग्रेसको नेतृत्वमा सफल भएको स्मरण गर्दै उपसभापति निधिले कार्यकर्तालाई भने–‘तपाईहरु गाउँ –गाउँ जानुस काँग्रेसले गरेका कामहरुको जनतामाझ प्रचार गर्नुस र सम्झाउनुस यो देशको सम्बृद्धिका लागि काँग्रेसको नै आवश्यकता छ।’

उपसभापति निधिले काँग्रेस भित्र गुटबन्दी रहेको भन्ने चर्चा आफुले सुन्ने गरेको उल्लेख गर्दै भने–‘ब्यक्तिको पछि नलाग्नुस, पार्टीको नीति पछि लाग्नुस गुटबन्दी आफै सकिन्छ।’ उनले नीति का पछि लागि पार्टीलाई बलियो बनाउन पनि सबैलाई अपिल गरे।

सम्पर्क, संवाद र सकृयता बढाउन जागरण अभियान गरिएको भन्दै उपसभापति नीधिले जागरण अभियानले देशभर काँग्रेस नेता तथा कार्यकर्तालाई सकृय गराएको बताए।

उनले भने–‘पहिलो र दोस्रो चरणको जागरण अभियान सकिएको छ, अब तेस्रो चरणको जागरण अभियान पुषबाट शुरु हुन्छ।’ तर त्यती वेला सम्म आ–आफ्नो, तहमा गतिबिधि जारी राख्न पनि नेता निधिले नेता तथा कार्यकर्तालाई आग्रह गरे।

बिरोध सभामा नेपाली कााग्रेसकी केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, नेपाली कााग्रेसकी नीति तथा प्रशिक्षण बिभाग सदस्य डाक्टर आरजु देउवा, पुर्ब राज्य मन्त्री जनक चौधरी लगायतले मन्तबय ब्यक्त गरेका थिए। बिरोध सभा शुरु हुने पुर्ब धनगढी चौराहबाट पार्कमोड सम्म बिरोध र्‍याली निकालिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?