फेसबुकले सार्वजनिक गर्‍यो ओकुलस कनेक्ट-६ ,भर्चुअल रियालिटी भविष्यमा ठूलो प्लेटफर्म बन्‍ने दाबी

फेसबुकले सार्वजनिक गर्‍यो ओकुलस कनेक्ट-६ ,भर्चुअल रियालिटी भविष्यमा ठूलो प्लेटफर्म बन्‍ने दाबी
+
-

विश्‍व चर्चित सामाजिक सञ्‍जाल फेसबुकले भर्चुअल रियालिटी (भीआर)मा आधारित गेम ओकुलस कनेक्ट-६लाई सार्वजनिक गरेको छ।

बुधबार अमेरिकाको क्यालिफोर्नियास्थित सेन जोस हलमा आयोजित भर्चुअल वर्ल्डको भविष्य कन्फेरेन्समा भाग लिँदै फेसबुकका सिइओ मार्क जुकरवर्कले अब भर्चुअल रियालिटी (भीआर)लाई एआरमा लैजान सकिने बताए।

उनले भने, ‘ हामीले भर्चअल दुनियाँमा रमाएर वास्तविक दुनियाँलाइ समेत प्रविधिको प्रयोगमार्फत चकित पार्न सक्छौ। यसको लागि फेसबुकले ओकुलस कनेक्ट-६लाइ विश्‍वमा लिएर आएको छ।’

उनले ओकुलसका डेभलपर्स कन्फेरेन्समा छलफल गर्दै भविष्‍यमा आउने प्रविधिले वास्तविक संसारलाई नै चकित बनाइदिने र मानिसका आवश्‍यकतालाई परेका बेला भर्चुअलबाट वास्तविक संसारमा समेत लैजान सकिने दावी गरे। उनले भने, ‘फेसबुकले यो अभ्‍यास थालिसकेको छ। ओकुलसको प्रडक्टबाट यसलाइ प्रमाणित गरेर देखाउँने कोशिस गरेका छौ। किनकी हामीसँग १०० मिलियन कन्टेन्ट छ। ‘

यसका साथै जुकरवर्गले भर्चुअल रियालिटी कम्युटर प्रविधिमा धेरै ठूलो अवसर हुन सक्‍ने र डेभलपर्सहरुको लागि उपभोक्तालाइ आकर्षित गर्ने प्रशस्त विषयवस्तु हुन सक्‍ने दाबी गरे।

उनले भने ‘यो भर्चुअल रियालिटी कम्प्युटर प्रविधिमा छलाङ मार्ने प्रविधिको रुपमा विकास भएर आउन सक्छ जसले धेरै अवसर र सृजनाहरु गर्न सक्छ। मानिसको नयाँ सोचलाइ बदलि दिन सक्छ।’

कन्फेरेन्समा उसले भर्चुअल रियालटी मार्फत हात हल्लाएर देखाएका थिए भने त्यही कन्टेन्टलाइ चलाएर समेत देखाएका थिए।

यसअघि फेसबुकले सन् २०१८मा ओकुलस क्वेस्ट हेडसेटलाई करीब ३९९ डलरमा अनुभव लिनको लागि लिएर आएको थियो। त्यस्तै सन् २०१७मा पनि ओकुलस गो नामक भर्चुअल रियाली हेडसेटलाइ १९९ डलरमा लिएर आएको थियो।  भर्चुअल रियालिटी कन्फेरेन्स बुधबार र विहीबार दुइ दिनसम्‍म चल्‍नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?