+
-

काठमाडौं : सिंगापुरमा सुरु भएको त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बावेलाई एक सय ३३ रनको लक्ष्य दिएको छ।  टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।

जिम्बावेले ३.४ ओभरमा ३ विकेट गुमाएर २८ रन जोडेको छ। तीनवटै विकेट सन्दीप लामिछानेले लिए।  जिम्बावेले १९ रन जोड्दा पहिलो विकेट गुमाएको हो। दोस्रो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले विकेट लिएका हुन्।

चौथो ओभरको पहिलो बलमै सन्दीपले पुन विकेट हात पारे। सोही ओभरको अर्को बलमा सन्दीपले विकेट हात पारेका हुन्। सन्दीपले आउट गरेका तीनै जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।  यसअघि  नेपालको पालीमा दीपेन्द्र सिंह एेरीले सर्वाधिक ४० रन बनाए। कप्तान पारस खड्का १८ र सन्दीप जोरा १७ रनमा आउट भए। ओपनर इशान पान्डेले चार र आरिफ शेखले ८ रन बनाए। कुशल मल्लले दुई रनमात्र जोड्न सके।

पाँच रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि दोस्रो विकेट ३२ रनमा गुमाएको थियो। पारस तेस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ३८ रन थियो।  सन्दीप र दीपेन्द्रले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरे।

अन्तिम समयमा सोमपाल कामी र विनोद भन्डारीले गतिलो साझेदारी गरे। अविजित रहँदै सोमपालले २५ र विनोदले ११ रन जोडे। यी दुईले सातौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। सोमपालले १४ बलमा तीन छक्का प्रहार गरे। विनोदले भने १२ बल सामना गरेपनि एउटा मात्र चौका हिर्काउन सके।

दीपेन्द्रले ३३ बलमा पाँच चौका हिर्काए। पारसले २२ बलमा तीन चौका प्रहार गरे। नेपालको पालीमा सोमपालले मात्र छक्का प्रहार गर्न सके। १८ औँ ओभरको चौथो बलमा उनले नेपालको पालीको पहिलो छक्का प्रहार गरेका थिए। नेपालले अन्तिम ओभरमा १७ रन जोड्यो। सोमपालले उक्त ओभरको सुरुका दुई बलमा छ्क्का प्रहार गरेका थिए। दोस्रो बल भने नो बल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?