‘बाटो चाँडै बनाई दे सरकार! स्याउले बजार पाएन!!’

‘बाटो चाँडै बनाई दे सरकार! स्याउले बजार पाएन!!’
+
-

सिमकोट-कुनै समय लगाएका स्याउका बोट नफल्दासम्म कहिले फल्ला भन्‍ने चिन्ता हुन्थ्यो हुम्लाका स्याउ खेती गर्ने किसानमा ।तर,अहिले फलेर मात्र के गर्नु ग्राहक र बजारको समस्या झेल्नु परेपछि फेरि अर्को चिन्ता थफिएको छ । अहिले हुम्लाका बासिन्दाको एउटै माग छ बाटो चाँडै बनाई दे सरकार।

साढे दुईसय भन्दा बढी बोट लगाएर स्याउ फल्न थालेपछि सिमकोट गाउँपालिका वडा नम्बर २ का किसान परिमल भण्डारीलाई यतिखेर अब फलेका स्याउलाई कसरी बजारको व्यवस्था गर्ने भन्ने पिरलो थपिएको छ । सायद हुम्ला सडक सञ्जालसँग जोडिएको भए उनमा त्यस्तो चिन्ता हुने थिएन । स्याउ राम्रो फलेको बारी देखाउँदै भण्डारीले भने ‘अब यी फलेका स्याउको लागि बजार र ग्राहक कसरी जुटाउने होला? ’

यसपाली उनले आफ्नो बारीमा ४० देखि ५० क्वीन्टल स्याउ फल्ने अनुमान गरेका छन् । स्याउ राम्रो फलेपछि अब भण्डारीलाई सरकारसँग एउटै माग छ, ‘बाटो चाँडै बनाई दे सरकार ।’

यता सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान धोचे रोकायाका पनि दुईसय बोटले यसपाली फल दिन सुरु गरेका छन् । रुखमा स्याउ लटरम्मै फलेको देख्ने बित्तिक्कै रोकायालाई बजारको चिन्ता लागि हाल्ने गरेको छ । सिमकोटमा मिठो र ठूला दाना फल्ने नाम कमाएको रोकायाको स्याउ बारीमा यसपाली ३० क्वीन्टल भन्दा बढी स्याउ फल्ने अनुमान उनको छ । बजारको व्यवस्थाका लागि सरकारले केही पहल गरि दिए अरु केही गर्नु नपर्ने उनको तर्क छ ।

हुम्ला जिल्लाका सातवटै गाउँपालिकाहरुमा स्याउ खेती राम्रो हुने भए पनि हालसम्म सिमकोट गाउँपालिकामा सबै भन्दा बढी स्याउ फल्ने गरेको छ । हवाईजहाजबाट नेपालगंजबाट सुर्खेत ढुवानी गर्दा प्रति केजी ६० रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसरी जिल्ला बाहिर निकासी गरिएका स्याउ ढुवानी महँगो भएकै कारणले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि स्याउ किसानहरु पनि बाहिर निकासी गर्ने आँट पनि गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

कृषि ज्ञान केन्द्रले हुम्लाका अनुसार दुई हजार दुई सय मेट्रिकटन स्याउ जिल्ला भरि उत्पादन हुने क्षेमता राख्ने भए पनि यस वर्ष १७३ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ ।

यसमा ५४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । एक सय भन्दा बढी स्याउका बोट लगाएर स्याउ खेती गर्ने किसानको संख्या मात्र दुई सय रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?