दुई दिनको झरीले जनकपुरको जनजीवन प्रभावित

दुई दिनको झरीले जनकपुरको जनजीवन प्रभावित
+
-

जनकपुरधाम– दुई दिनदेखिकाे लगातारकाे वर्षाले जनकपुरधामको जनजीवन प्रभावित भएको छ। वर्षाले जनकपुरधामसहित तराई–मधेशका जिल्लाको जनजीवन प्रभावित भएको हाे।

दशैँ नजिकिँदै गर्दा भिडभाड देखिने सडक अहिले वर्षाले सुनसान देखिएका छन्।

अत्यावश्यक कामबाहेक मानिसहरु घरबाट मानिस बाहिर निस्केका छैनन्। वर्षाले व्यापारसमेत प्रभावित भएको स्थानीय व्यापारीले बताएका छन्।

विगत दुई तीन दिनदेखि भइरहेको वर्षाका कारण व्यापार व्यवसायमा कमी आएको जनकपुरधाममा कपडा पसल सञ्चालन गरिरहेका गणेश साहले बताए।

उनले भने, ‘अहिले दशैँको समय छ, यस अवधिमा ग्राहकको चाप धेरै हुनुपर्ने हो तर वर्षाको कारणले ग्राहकहरु नआउँदा व्यापार व्यावसायमा कमी आएको छ।’

अहिले चाडपर्वको समय रहेकोले यस अवधिमा कपडाको बिक्री बढी हुनेगर्छ तर वर्षाको कारण यस वर्ष अहिलेसम्म व्यापार हुन नसकेको कपडा व्यवसायी रमेश यादवले बताए।

वर्षा नरोकिए प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने गरेको सस्ता बजारसमेत प्रभावित हुने देखिएको छ।

प्रदेश–२ को आठवटै जिल्लामा भइरहेको वर्षाको मध्यम/भारी मापन भएकोले नदीमा बहाब बढ्न सक्ने सम्भावना रहेकोले यसक्षेत्रका स्थानीयलाई मोसम विभागले सतर्क रहन भनेकाे छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’