
मित्रबन्धु पौडेल
असोज ११, २०७६

अ
+
अ
अ
-
भ्रष्टको झुण्ड
अरिङ्गाल हो भने
टोकिरहन्छ ।
धुँवा बालेर
अरिङ्गाल हटाऊ
खील गाँड्नेछ ।
विदेशी नासो
खोस्नबाट रोक्न नि
लठैत पाल्नू।
ब्वाँसाको खेल
नेताको आवरण
भुँडी निकाल्दै ।
नेपाली माटो
सिंगापुरे पानीले
सप्रियो समृद्धि !

