
सिमकोट – पढाई अनुसारको जागिर नपाएपछि हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर २ का कर्ण बिकले व्यवसायिक कुखुरा र बङ्गुर पालन सुरु गरेका छन्। पढाईले स्वास्थ्यकर्मी हुनु पर्ने भए पनि जागिर नपाएपछि चार लाख रुपैयाँ लगानीमा कुखुरा र बङ्गुर पालन व्यवसाय सुरु गरेको बिकले बताए ।
जिल्लामै बसेर केही व्यवसाय गर्नुपर्छ भन्ने मान्यताका साथ व्यवसाय सुरु गरेको उनको भनाई छ ।
स्वास्थ्य लाईन पढेर आएको छोराले जागिर नपाएपछि कृषितर्फ लागेको बुवा बिरबन बताउँछन् । उनले छोराको व्यवसायिकता देखेर आफूलाई खुसी लागेको र काममा सक्दो सहयोग गरिरहेको सुनाए ।
यो कामबाट अहिले महिनामा १२ हजारसम्म कमाई हुने गरेको बिकले बताए । बिस्तारै व्यवसाय बढाउने सोच उनको छ ।