बिचल्ली

असारको बाढीले विस्थापितहरु अहिले पनि विद्यालयमै, भन्छन्, ‘कहाँ जाने ?

असारको बाढीले विस्थापितहरु अहिले पनि विद्यालयमै, भन्छन्, ‘कहाँ जाने ?
+
-

जनकपुरधाम – असारमा आएको भारी वर्षाको कारण विस्थापित भएका जनकपुरका केही व्यक्तिहरु अहिले पनि आफ्नो घरमा फर्कन सकेका छैनन् । कोही आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने अधिकांशको बसोबास विद्यालयमा रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया कायस्थ टोलमा घर भएकी शेलो मण्डलले बाढीले घर बगाएपछि विद्यालयमा बसिरहेको र अहिलेसम्म घर फर्कन नसकेको बताइन् ।

उनी राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा परिवार र गाई बाख्रासहित बसोबास गरिरहेकी छन् । बाढी पीडितहरु विद्यालयमा बसेपछि विद्यालयको पढाई प्रभावित बनेको छ ।

असार अन्तिम साता आएको वर्षाले शेलु मण्डलको घर भत्केपछि उनको परिवार बिचल्लीमा परेको हो । घरबार बिहिन भएको करिब तीन महिना भईसकेपनि पुनस्र्थापनामा कसैले सहयोग नगर्दा उनको परिवारको विद्यालय बसाई लम्बिएको हो ।

राहतको नाममा केही प्याकेट चाउचाउ बाहेक केही नपाएको उनले बताइन् । ‘राहतको नाउमा चाउचाउ बाहेक केही पाउन सकेका छैनाैँ । घर बनाउन पैसा छैन, कहाँ जाने?’ शेलुले भनिन् ।

‘छोराको कमाईले खान पनि पुग्दैन् । कहीलेकाहीँ भोकै सुत्नुपर्छ । फेरि बालबच्चादेखि हामी सबै बेलाबेलामा बिरामी परिरहेका हुन्छौँ,’ सेलुले पीडा सुनाइन् । उनको बुहारी मिथिलेश देवी ६ महिनाकी गर्भवती छन् ।

पैसा र ठाउँ अभावले बस्नै गाह्रो परेको उनको परिवारलाई बच्चाको डेलिभरी कहाँ गराउने चिन्ताले सताएको छ । सहयोेगी हातलाई कुर्दै उनी विद्यालयमा बसिरहेकी छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’