धनगढीमा संचालित सुपथ मूल्य पसलमा ग्राहकको भिड

धनगढीमा संचालित सुपथ मूल्य पसलमा ग्राहकको भिड
+
-

धनगढी– दसैँ तिहारलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि सो पसलमा ग्राहकको भिड लाग्न थालेको छ।

दसैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङले सुपथ मूल्य बजार सञ्चालनमा ल्याएको हो।

भदौ २३ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा दैनिक डेढ सय जना भन्दा बढी ग्राहक सामान किन्न आउने गरेको पसल सञ्चालनको जिम्मा पाएका कर्मचारी शेरसिंह बिष्टले बताए। उनले भने, ‘दसैँ शुरु भएसँगै ग्राहक ह्वात्तै बढेका छन्।’

साल्ट ट्रेडिङले सुपथ मुल्य पसलमार्फत चिनी, नुन, चामल र साबुन सहुलियत दरमा बिक्री विरतण गरिरहेको छ। सुपथ मूल्य पसलमा चिनी प्रति केजी ७२ रुपैयाँ, नुन प्रति केजी १८ रुपैयाँमा बिक्री भइरहेको छ। अहिलेसम्म नुन ३ हजार ६ सय १० केजी र चिनी २ हजार ७ सय ६० केजी बिक्री भइसकेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार एक पटकमा एक जनालाई ६ केजी चिनी र नुन बिक्री गर्ने गरिएको छ। बजार मूल्यभन्दा सस्तोमा नुन र चिनी बिक्री हुन थालेपछि ग्राहकको पहिलो रोजाइ भएको उनले बताए।

‘खुद्रा सामान किन्ने ग्राहकहरु हामी कहाँ आएर नुन, चिनी, चामल र साबुन किन्नुहुन्छ,’ उनले भने,‘बजार मूल्यभन्दा सस्तोमा दिएका कारण हाम्रोमा ग्राहकको दैनिक भीड लाग्ने गरेको छ।’

भदौ २३ गतेदेखि सुरु भएको सुपथ मूल्य पसल कात्तिक १७ गतेसम्म सञ्चालनमा रहने उनले बताए। पसल सञ्चालनमा आएदेखि ग्रामीण भेगबाट समेत मानिसहरु नुन चिनी किन्न साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा पुग्ने गरेको साल्ट ट्रेडिङले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?