दशैमा घर जान सास्ती ? ‘चिन्ता नगर्नुस् !’

+
-

काठमाडौं -नजिकिएको हिन्दुहरुको महान् चाड बडा दशैं तथा तिहार मनाउन काठमाडौं छाड्नेहरुको संख्या हरेक दिन बढ्दो छ। दशैँ मनाउन हरेक वर्ष ३० देखि ३५ लाख मानिसले राजधानी छाड्ने गर्दछन्। जब दशैँ नजिकिन्छ, बाहिरबाट आएर काठमाडौंमा बसेकालाई एउटै चिन्ता हुन्छ- कसरी सहज र सुरक्षित तरिकाले घरसम्म पुग्ने ।

टिकट सजिलै नपाइने, पाइहाले महँगो तिर्नुपर्ने, टिकट पाएर पनि बसमा बस्ने ठाउँ नपाउने, बीच बाटामा सवारी साधन बिग्रने, जाममा घन्टौँ परिने, चालकका लापरबाहीलगायत हरेक वर्ष यात्रुले  लिने चिन्ताका विषय हुन्। तर यसपटक ती समस्या शुन्यस्तरमा समाधान हुने दावी महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ।

महाशाखाका प्रवक्ता एसपी रवि पौडेल यात्रुको सहज र सुरक्षित यात्राका लागि विषेश ट्राफिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउँदै टिकट काट्ने ठाउँदेखि यात्रुको गन्तव्यसम्मको सुरक्षित र सहज  यात्राका लागि गम्भिर रहेको बताउँछन्। पौडेलसँग गरिएको कुराकानी उनकै शब्दमा :

४३० जनशक्ति थप, १४ स्थानमा यात्रु सहायता कक्ष


दश‌ैं अघि लाखौँ यात्रुहरुले काठमाडौं छाड्ने हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपुर्ण हुन्छ। खासगरि ती यात्रुका समस्या र गुनासालाई सम्बोधन हुनेगरि काम गर्नुपर्ने हुन्छ। हामीसँग उपत्यकामा सात सय ५० जनशक्ति रहेकामा दशैंका लागि भनेर चार सय ३० जना थप गरिएको छ। विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

ती यात्रु सहायता कक्षले यात्रुले टिकट काट्दा भोग्ने समस्या, टिकट काटिसकेपछि बस्ने ठाउँ नपाउने गुनासालगायतलाई तत्कालै सम्बोधन गर्नेछन्। सादा पोसाकका प्रहरीहरु पनि बस स्टप तथा टिकट काउन्टरमा परिचालन गरिएको छ। उनिहरुले यात्रुविरुद्ध कानुनविपरित गतिविधी गर्नेलाई तत्कालै कारबाही गर्नेछन्। पछिल्लो ३/४ दिनभित्र मात्र हामीले ४७ जनालाई कारबाही गरेका छौँ।

सवारीको यान्त्रिक परिक्षण, चालकको मापसे


काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सवारी साधनमा विगतका दिनहरुमा बीच बाटोमा बिग्रने, कन्डिसन ठिक नभएकोलगायत गुनासाहरु सुनिने गरेका थिए। तर यसपटक यातायात व्यवस्था विभागले पाँच जनाको इन्जिनियर टोली नयाँ बसपार्कमा राखेको छ। उनिहरुले सवारी साधनको कन्डिसन ठिक छ की छैन, गन्तव्यसम्म पुग्न कुनै समस्या आउँछ की आउँदैन भनेर परिक्षण गर्नेछन्।

त्यतिमात्र होइन चालकको लापरबाहीले गर्दा विभिन्न दुर्घटना हुने गरेको विगतको अनुभवले यसपटक काठमाडौंबाट छुट्ने हरेक सार्वजनिक सवारी साधनका चालकको मादक पदार्थ सेवन-मापसे परिक्षण गरिने छ नागढुंगामा।

लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य हुनुपर्ने प्रावधान छ।यसको नियमन कडारुपमा गरिने छ। एउटै चालकले लामो समयसम्म चलाउँदा दुर्घटना हुन सक्ने हुनाले हामीले यातायात व्यवसायीसँग सहकार्य गरेर दुई जना चालक अनिवार्यरुपमा राख्ने व्यवस्था लागु गर्ने छौँ।

 नागढुंगा-नौबिसेमा हुने छैन जाम


केही दिनअघि नागढुंगा-नौबिसे सडक खन्डमा लामो समयसम्म जाम हुने गरेको र त्यसले गर्दा दुर्घटनासमेत निम्तिएको घटनाले गृहमन्त्रालयकै पहलमा हामीले त्यस क्षेत्रमा विषेश ट्राफिक व्यवस्थापन योजना बनाएका छौँ। अब त्यस खन्डमा जाम हुने छैन। प्रहरी निरिक्षक-इन्सपेक्टरको कमान्डमा १० जना ट्राफिक प्रहरीको टोली त्यस क्षेत्रमा २४ सै घन्टा खटिने छन्।

दुई वटा मोटरसाइकलमा चार जना ट्राफिक प्रहरी लगातार ओहोरदोहोर गरिरहने छन्। गाडिहरु बिग्रिएर बाटो नै बन्द हुने समस्या हुने भएकाले हामीले त्यस क्षेत्रमा दुई वटा ‘र्‍याकर’ तयारी अवस्थामा राखेका छौँ। ती र्‍याकरले ४० टनसम्मका सवारी साधन तान्न सक्छन्। पछिल्ला केही दिनमा मात्र हामीले ७६ वटा बिग्रिएर सवारी साधान र्‍याकरमार्फत पन्छाउने काम गरेका छौँ।

सुरक्षित यात्रा गराउने चालकलाई पुरस्कार


ट्राफिक प्रहरी महाशाखाले आइतबार नयाँ बसपार्कमा  ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राका लागि हाम्रो कामना’ नारासहित लामो दुरीका सवारी चालकलाई पुरस्कृत गर्‍यो।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले लामो समयसम्म सुरक्षित यात्रा गराउने चालकलाई पुरस्कार दिनु भयो। यो अभियान तीन दिनसम्म सन्चालन हुने छ।

सातवटै प्रदेशमा यसलाई लागु गरिएको छ। त्यस अवसरमा काठमाडौंबाट छुट्न लागेका सवारीका चालकलाई माला लगाएर विदाई गरियो, सुरक्षित र सफल यात्राको कामना गर्दै। चालकहरु जिम्मेवार बनुन् भन्ने यसको लक्ष्य हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?