किसानलाई धाेका, उन्नत जातको धानको बाला लागेन

किसानलाई धाेका, उन्नत जातको धानको बाला लागेन
+
-

धनगढी– धानमा बाला नलाग्दा कैलाली–कञ्चनपुरका किसान चिन्तित देखिएका छन्। नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जातको धानमा बाला नलाग्दा किसान ठगिएका छन्।

मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै किसानले गरिमा जातको धान रोपेका थिए। तर धान फलेर पाक्ने समय भइसक्दा पनि धानमा बाला नलाग्दा किसान चिन्तित बनेका हुन्।

कैलालीको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकीनगर गाउँपालिका तथा कञ्चनपुरको बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्बास नगरपालिका र बेल्डाँडी गाउँपालिकाका किसानले गरिमा जातको धान रोपेका थिए।

गरिमा जातको धान दश कठ्ठा जमिनमा लगाएको बताउँदै गौरीगंगा नगरपालिका–७, मट्कौनाका हेमन्तराज ओझाले भने,‘सरकारले समेत सिफारिस गरेको मसिनो तथा धेरै फल्ने धान भएकाले गरिमा जातको बीउ लगाइयो, त्यो अहिलेसम्म फलेन।’

भएको पूरै खेतमा गरिमा जातको धानको बीउ रोपेको बताउँदै उनले भने,‘भएको पूरै खेतमा गरिमा जातको धान रोपेँ, धान नफल्दा यसपालि भोकमरी हुने भयो।’

धान नफलेपछि किनेर खानुपर्ने समस्या आएको उनी बताउँछन्। स्थानीय एग्रोभेटबाट गरिमा धानको बीउ लिएर रोपाइँ गरेकोमा अहिलेसम्म धानमा बाला लाग्ने संकेत नदेखिएको उनले बताए।

‘धानको बोट हेर्दा मोटो छ, तर बाला अंकुराउने लक्ष्यण नै देखिँदैन’, उनले भने, ‘स–सानाे खेतबारी भएका हामी किसानले धेरै धान फलाउने उद्देश्यले उन्नत जातको धान खेती गर्‍यौँ, तर अहिले बाला नलाग्दा भने चिन्तित छौँ।’

कैलाली, कञ्चनपुरका किसानले लगाएको धानबाली नफलेको खबर पाउने वित्तिकै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीको संयोजकत्वमा ९ सदस्यीय प्राविधिक कार्यदल गठन गरिएको छ। कार्यदलले कैलालीका विभिन्न किसानको खेतबारीमै पुगेर बालीको अध्ययन गरेको छ।

‘हामी किसानको बारीमै पुग्यौँ,’ कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने,‘धेरै फल्ने र छिटो पाक्ने भएकाले किसानले गरिमा जातको धानको वर्णशंकर लगाएका रहेछन्, यसले किसानलाई ठूलो धोका दियो।’

कैलाली र कञ्चनपुरमा ७ सय बिघाभन्दा बढी क्षेत्रफलमा गरिमा धानको बीउ रोपिएको र यसले फसल नदिएको प्रारम्भिक अध्ययनबाट देखिएको जोशीले बताए। उनले भने,‘कैलाली, कञ्चनपुरमा मात्रै ७ सय बिघा खेतमा धान फलेको छैन।’

बाली निरीक्षण पश्चात जोशीले धानको बोटमा खैरो थोपा भएको ढुसीजन्य रोग देखिएको र गरिमा जातको धानमा यस्तो रोगको लक्ष्यण नहुने बताए।

गरिमा धानले विगतमा राम्रो उत्पादन दिएको विश्वासका आधारमै किसानको अत्याधिक मागका कारण कसैले अन्य जातको धानको बीउ बिक्री गरेको हुनसक्ने भएकाले पनि यसको गहन अध्ययन गरेर दोषीलाई कारबाही गर्न संघीय सरकार र प्रदेश सरकारलाई पत्राचार गरिने उनले बताए।

अध्ययनका क्रममा किसानले गरिमा जातको धानको बीउ किनेको एग्रोभेटमा सोध्दै जाँदा नेपालमै यो धानको एक मात्रै डिलर दाङमा रहेको र त्यहीबाट पश्चिममा कञ्चनपुरदेखि पूर्वमा चितवनसम्म यो धानको बीउ वितरण भएको देखिएको उनले बताए।

यस वर्ष उसै पनि धानका लागि चाहिने पर्याप्त पानी नपर्दा अन्नको भण्डार मानिएको कैलाली, कञ्चनपुरमा अघिल्लो वर्षको तुलनामा उत्पादन कम हुने आँकलन गरिरहेकै बेला गरिमा जातको धानले फसल नदिँदा ठूलो परिणाममा अन्य प्रदेशबाट चामल आयात गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?