माइक्रोसफ्टको विन्डोज भर्चुअल डेस्कटप अब बजारमा, रिमोटबाटै चलाउन मिल्‍ने

+
-

काठमाडौं- विश्वको चर्चित कम्प्युटर सफट्वेयर निर्माता कम्पनी माइक्रोसफ्ट आफ्नो विन्डोज भर्चुअल डेस्कटप(डब्लूभीडी)लाई बजारमा उपलब्ध गराएको छ। सेप्टेम्बर महिनामा घोषणा गरिएको उक्त भर्चुअल विन्डोज र अफिस प्याकेजलाई आमसर्वसाधारण माझ उपलब्ध गराएको जानकारी दिएको हो।

उक्त विन्डोज भर्चुअल डेस्कटपबाट अब इन्टरप्राइजेजहरुले आफ्ना कामदारहरुलाई भर्चुअलाइज एप्लिकेशनमा पहुँच दिन सक्नेछन् भने उनीहरुले रिमोटबाटै डेस्कटपका साथै मल्टि सेशनहरु चलाउन सक्नेछन्।

ययसका साथै उनीहरुले विन्डोज १० मा उपलब्ध भएका सफ्टवेयरहरुलाई सजिलै आफ्नो डेस्कटप कम्प्‍युटरमा भर्चुअलाइजेशन गर्न सक्‍नेछन्।

त्यतिमात्रै होइन डब्लूभीडीबाट अब कम्पनीले एफएसएललजिक्स (जसले उस्तै प्रकारको विन्डोज वातावरणलाई भर्चुलाइजेशनमार्फत देखाउन सक्छ)को उपलब्ध गराइदिन सक्छ भने कर्पोरेट हाउसहरुलाई समेत ३६५ दिन नै चाहे अनुसारको वातावरणमा बस्‍न सक्‍ने सुविधान दिन सक्ने माइक्रोसफ्टका कर्पोरेट भाइस प्रेजिडेन्ट ब्राड एण्डर्सनले बताएका छन्।

उनले भनेका छन्, ‘ अब इन्ट्रप्राइजेजहरुले भर्चुअल डेस्कटपमा धेरै सजिलो तरिकाले आफ्नो संरचनाहरु बनाउन सक्नेछन्।जसले आवश्‍यकता अनुसारको मागलाई पूर्ति गर्न सहजता प्रदान गर्नेछ। यसले खास गरी संस्था/कम्पनी र कर्पोरेट हाउसहरुलाई भर्चुअल डेस्टपमा बसेर काम गर्न मद्दत गर्नेछन्।’

उनका अनुसार यसलाई ‘क्लाउड’मा राखेर समेत काम गर्न सकिने र सुनेरै पनि आफ्नो अनुसारको संरचना निर्माण गर्न सक्‍नेछन्। साथै आफ्नो अनुकुलतालाई हेरेर अरु कम्पनीलाई सेवा प्रदान गर्न सकेछन्। यस्तै यो सफ्टवेयर जस्तोसुकै जटिल अवस्थामा समेत उपयोगी हुनुका साथै कामको चापमा समेत सघाउ पुर्‍याउने ब्राडको दाबी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?