मर्दी हिमाल जादैँ गर्दा थाइल्यान्डका एक नागरिकको मृत्यु

मर्दी हिमाल जादैँ गर्दा थाइल्यान्डका एक नागरिकको मृत्यु
+
-

पोखरा-मर्दी हिमाल जाने क्रममा लेक लागि एक जना थाइल्यान्डका नागरिकको मृत्यु भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ७ बादलडाँडास्थित ‘होटल ३६०’मा ५५ वर्षीय दुवाङताविसुब सोमचाइ नाम गरेका थाइल्यान्डका नागरिकको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

भ्रमण टोली सहित असोज १० गते मर्दी बेस क्याम्पबाट मर्दी हिमालतर्फ जादैँ गर्दा लेक लागि बिरामी भएका उनी सोही दिन बाटो बाटै फिर्ता भई उक्त होटलमा बसेका थिए।

उनी १४ गते मंगलबार बिहान मृत अवस्थामा रहेका बेला प्रहरीलाई खबर आएको थियो।

मंगलबार मौसम खराब भएका कारण शव बुधबार (आज)मात्रै काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?