सुदूरपश्चिम प्रदेशमा अक्सिजन ग्यास उद्योग सञ्‍चालन, लगानी ६ करोड

सुदूरपश्चिम प्रदेशमा अक्सिजन ग्यास उद्योग सञ्‍चालन, लगानी ६ करोड
+
-

धनगढी-६ करोडको लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ।

दैनिक २ सय सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्न सक्ने क्षमताको मालिका अक्सिजन ग्यास उद्योग बुधबारदेखि सञ्चालनमा आएको हो।

उद्योगको बुधबार धनगढी–२ पुरानो भन्सार रोडमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख वडले सुदूरपश्चिम प्रदेशका अस्पतालहरुले अक्सिजन खोज्न टाढा टाढा सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने गरी उद्योग स्थापना गरेकोमा उद्योग सञ्चालकलाई धन्यवाद दिए।

कार्यक्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले अक्सिजन उद्योगको स्थापनाले सुदूरपश्चिम प्रदेशमा अक्सिजनको आपुर्ति सहज हुने बताए। झण्डै ६ करोड रुपैयाको लगातमा उद्योग स्थापना गरिएको हो।

विजुलीका खम्बा, ट्रस्ट भवन र झोलुङ्गे पुल निर्मार्ण सामग्री लगायत उत्पादन गर्ने मालिका इन्जिनियरिङ कम्पनी समेत रहेको र ती सामग्री बनाउन आवश्यक पर्ने अक्सिजन ग्यास लिन आफूले धेरै ठाउँ जानु परेकोले आफ्नो जस्तै पीडा अन्य उद्योग र अस्पतालहरुलाई पनि हुन सक्ने ठानेर आफूले उद्योग स्थापना गरेको मालिका ग्रुपका प्रवन्ध निर्देशक हिक्मत शाहीले बताए।

उनले सुदूरपश्चिम प्रदेशका विभिन्‍न सरकारी र निजी अस्पताल तथा अक्सिजन आवश्यक पर्ने उद्योगहरुलाई लक्षित गरेर आफूले उद्योग स्थापना गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?