कैलालीबाट दैनिक ८ हजार मानिस बाहिरिँदै

कैलालीबाट दैनिक ८ हजार मानिस बाहिरिँदै
+
-

धनगढी– विजया दशमी २०७६ नजिकिदै जाँदा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी सुनसान बन्न थालेको छ।

प्रदेशका ९ वटै जिल्लाबाट धनगढी बसाईसरी आएका वा कामको शिलसिलामा धनगढी प्रवेस गरेका नागरिक दशैमनाउन पहाडी जिल्लामा रहेका आफन्तजन समक्ष जान थालेपछि प्रदेशको अस्थायी राजधानी सुनसान बन्न थालेको हो ।

घटस्थापनादेखि नै मानिसहरु पहाडी जिल्लामा प्रवेस गर्नेक्रम सुरुभएसँगै धनगढी लगायत कैलालीको आवतजावत पातलिन थालेको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि नै पहाडी जिल्लाका लागि दैनिक एक हजार दुईसय निजी तथा सार्वजनिक सवारी छुट्ने गरेका छन् ।

प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दैनिक ८ हजारको हाराहारीमा प्रत्यक दिन मानिसहरु पहाडी जिल्ला तर्फ जानेगरेका छन् ।

प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन साउदका अनुसार हाल सम्म डेढलाख मानिस कैलाली छोडेर पहाडी जिल्ला तर्फ प्रस्थान गरेका छन् । सामान्य समयमा कैलाली भएर डेढ सयको हाराहारीमा सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेकोमा अहिले दैनिक एक हजार दुईसय निजी तथा सार्वजनिक सवारी साधन पहाडी जिल्ला तर्फ जानेगरेको उनले बताए ।

कैलाली जिल्लाबाट सुन्दर सुदूरपश्चिम यातायात प्राली, रिभरसाईड यातायात प्राली, मालिका यातायात प्राली र खप्तड मालिका यातायात प्रालीका सवारी मार्फत यात्रुहरु पहाडी जिलला तर्फ प्रस्थान गर्न थालेका हुन् ।

मानिसहरु कैलाली छोडेर जान थालेपछि सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मानिसहरु घर छोडेर दसैँ मनाउन जाँदा चोरी डकैतीका घटना बढ्नसक्ने आँकलन सहित सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनले गाउँगाउँ सम्म पहुँच हुने गरी सुरक्षाका संयन्त्र परिचालन गरिएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?