
काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।
महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट आइतबार बेलुका सवा ६ बजे पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा लगिएको हो।
महराविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त बानेश्वरमा उजुरी दर्ता भएपनि सुरक्षाका कारण सिंहदरबार प्रहरी बिटमा राखिएको जनाइएको छ।

प्रहरीले पक्राउ गरी कृष्णबहादुर महरालाई गाडीमा लगेको हो । तस्बिर: बर्षा शाह/देश सञ्चार
कानून अनुसार उजुरी जहाँ दर्ता भएको छ त्यहिँकै प्रहरी कार्यालयमा धुनामा राख्ने गरिन्छ। तर सुरक्षाको कारण देखाउँदै महरालाई बालुवाटारस्थित निवासबाट गाडीमा राखेर सिंहदरबार प्रहरी बिटमा लगिएको हो।
उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी छन्। आरोपपछि महराले सभामुखबाट राजीनामा दिएका छन्।