
जनकपुरधाम – घरायसी विवादको कारण धनुषामा एक महिलाले देउरानीको छुरा प्रहार गरी हत्या गरेकी छन् ।
औरही गाउँपालिका १ झिटकैयामा २६ वर्षीय सुनौल खातुनले २२ वर्षीया देउरानीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ घरायसी विवादका क्रममा यो हत्या भएको हो ।
देउरानीको हत्या गरेपछि सुनौलले आफ्नो शरीरमा पनि छुरा रोपेकी छन् । घाइते उनको उपचार भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।