जनकपुरधाम– हिन्दुहरूको महान पर्व विजया दशमी अर्थात् बडादसैँ आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर मनाइँदै छ।
यसैबीच प्रदेश दुईका सभामुख सरोजकुमार यादवले प्रदेश सभामा कार्यरत मर्यादापालक, कर्मचारी तथा सुरक्षाकर्मीहरुसँग दसैँ मनाएका छन्।
दसैँको टीका थाप्न घर जान नपाएका उनीहरुलाई सभामुख यादवले आफ्नै निवासमा टीका तथा जमरा लगाइदिएका हुन्।
आफ्नो काम र कर्तव्यको कारण मर्यादापालक तथा प्रहरीहरु दसैँ मनाउन घर जान नपाउँदा आफूले नै टीका जमरा लगाएर दसैँ मनाएको सभामुख यादवले बताए ।




भर्खरै
लोकप्रिय






































































































































































































