भित्र्याउने बेला भएकाे धानबाली असिनाले सखाप

भित्र्याउने बेला भएकाे धानबाली असिनाले सखाप
+
-

म्याग्दी– म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पुर्‍याएको हो। पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन्।

८० प्रतिशत धान असिनाले चुटेर भुइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताए। ‘हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ’, थापाले भने, ‘सबै ठाउँमा पुगेर क्षतिको विवरण सङ्कलन गर्दैछौँ।’

भकुण्डे धानबालीको पकेट क्षेत्र हो। धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पुर्‍याएको छ।

मङ्गलबार दिउँसो २ बजेदेखि करीब तीन घण्टासम्म लगातार भएको भीषण वर्षाका कारण जिल्लावासीको जनजीवन प्रभावित भएको छ। आफन्तकहाँ दशैँमा टीका र आशीर्वाद थाप्न जान हिँडेका सर्वसाधारण वर्षापछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समस्यामा परेका हुन्।

खोल्सामा आएको बाढी र पहिरो तथा हिलोका कारण बेनी–बरञ्जा, बेनी–भकिम्ली, बेनी–दरवाङ, बेनी–पाखापानी, सिमलचौर–कुहुँ, बेनी–भगवती, बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?