
वीरगञ्ज– बारा र पर्सामा बडादसैँमा पूजा गर्नका लागि आफ्नै गाउँ ठाउँमा स्थापना गरिएको दुर्गा भवानीको मूर्तिलाई बुधबार स्थानीबासीहरुले नजिकैको नदी तथा तलाउमा लगेर विसर्जन गरेका छन्।
वीरगञ्जको गण्डक चोक, परवानीपुर चोक, पर्साको बिन्दवासिनी गाँउपालिका, बाराको परवानीपुर गाउँपालिकाको चैनपुर, विश्रामपुर गाउँपालिका लगायत स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भक्तजनहरुले दश दिनसम्म दसैँमा पूजा गरेका थिए।
ती ठाउँहरुमा स्थापना गरिएको मूर्तिलाई नजिकैको नदी तलाउ पोखरीमा बुधबार बाजागाजासहित विसर्जन गरिएको स्थानीय मनोज गुप्ताले बताए।
दुर्गा मन्दिरहरुमा नौ दिनसम्म दुर्गाको पूजा गरिने चलन रहेको छ भने स्थानीयबासीहरुले आफ्नै गाउँटोलमा समेत दुर्गा माताको मूर्ति स्थापना गरी पूजा गर्ने गरेका छन्।