अन्तर्राष्ट्रिय झापाली समाजलाई लाग्यो चुनाव, शनिबार र आइतबार विर्तामोडमा अधिवेशन हुँदै

अन्तर्राष्ट्रिय झापाली समाजलाई लाग्यो चुनाव, शनिबार र आइतबार विर्तामोडमा अधिवेशन हुँदै
+
-

झापा – गैर आवासीय नेपाली संघ एनआरएनएको अधिवेशन नजिकिँदै जाँदा शनिबार र आइतबार अन्तर्राष्ट्रिय झापाली समाजको अधिवेशन झापाको विर्तामोडमा हुने भएको छ।

अन्तर्राष्ट्रिय झापाली समाज सन् २०१७ मा विदेशमा रहेका झापालीहरुको साझा संगठनका रुपमा स्थापित भएको हो।

अहिलेसम्म ३२ वटा देशमा उक्त समाजका समितिहरु निर्माण भएको समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले शुक्रबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने, ‘शनिबार र आइतबार विर्तामोडमा हामी दोस्रो अधिवेशन आयोजना गर्दैछौँ। उक्त अधिवेशनबाट नयाँ समिति बन्नेछ।’

स्थापना भएको दुई वर्ष नबित्दै अन्तर्राष्ट्रिय झापाली समाजले करिब एक करोड रुपैयाँ बराबरको सामाजिक काम गर्दै आएको छ।

समाजले झापाको कमल गाउँपालिका–१ का विपन्न ९ घर परिवारका लागि नमूना बस्ती बनाएको छ भने अहिलेसम्म विभिन्न नगरपालिकालाई पाँचवटा एम्बुलेन्स खरिद गरिदिएको छ। यही वर्ष अन्य नगरपालिकालाई ३ वटा एम्बुलेन्स प्रदान गर्ने समाजका अध्यक्ष पोखरेलले जानकारी दिए।

समाजले चाँडै युरोप र अमेरिकामा बसोबास गर्ने झापालीहरुको क्षेत्रीय भेला आयोजना गर्ने तयारी गरिरहेको समाजका संस्थापक अध्यक्ष भवानी ओलीले बताए।

एनआरएनए हुँदा हुँदै किन अर्को संस्था स्थापना गरिएको भन्ने पत्रकारको प्रश्नमा समाजका पदाधिकारीले एनआरएनएले सिंगो नेपाललाई हेर्ने तर अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो जिल्लालाई हेर्ने बताए।

समाजका संस्थापक अध्यक्ष ओलीले भने, ‘एनआरएनएसँग हाम्रो प्रतिस्पर्धा होइन। उसको क्षेत्र सिंगो देश हो भने समाजको क्षेत्र भनेको जिल्ला हो। झापा हो।’

समाजले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषका लागि ५१ हजार रुपैयाँ सहयोग महासंघका पदाधिकारीलाई हस्तान्तरण गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?