पहिरोले अवरुद्ध हुम्लाका ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेनन्

पहिरोले अवरुद्ध हुम्लाका ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेनन्
+
-

सिमकोट – बर्खामा गएको पहिरो पन्छाउन नसक्दा हुम्लाका ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेका छैनन्।

गत असारमा सम्पन्न भएको सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई आपसमा जोड्ने सडक साउनमा पहिरो जाँदा अवरुद्ध भएको थियो।

उक्त सडककाे आधादर्जन स्थानमा बाटो अवरुद्ध भएपछि गाडि सञ्चालन हुन सकेका छैनन्। गाउँपालिकाको लगानीमा दुई वर्षमा करिब १२ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो।

निजी गाडीहरुमा मानिस आउजाउ सुरु भएको भएपनि सडक अवरुद्ध भएपछि सबैभन्दा बढी विरामीहरु मर्कामा परेका छन्।

यस्तै सिमकोट गाउँपालिकाकै वडा नम्बर ७ र ८ जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको स्थानीय लंक शाहीले बताए। अवरुद्ध सडक तत्काल मर्मत गर्न नसकिए पनि दसैँ तिहार लगत्तै सडकको मर्मत गरेर सञ्चालनमा ल्याउने सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावतले बताए।

बजेटको व्यवस्था भइसकेको र कर्मचारीहरु बिदामा रहेको कारण काम अगाडि बढाउन नसकिएको भए पनि अब चाँडै काम अगाडि बढ्ने उनको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?