पुस्तक संवाद

‘माटोको सुगन्ध र अनुभूतिहरुको सजीव कथन युक्त पुस्तक प्रिय लाग्छन्’

‘माटोको सुगन्ध र अनुभूतिहरुको सजीव कथन युक्त पुस्तक प्रिय लाग्छन्’
+
-

काठमाडाैँ – हाल अमेरिकाको न्यू हेम्प्सरमा बस्दै आएका शेखर ढुंगेल वि.सं २०१८ मा भक्तपुरको कटुन्जेमा जन्मिएका हुन् । आफ्नो व्यवसायिक जीवनसँगै लेखनमा सक्रिय रहेका उनले कविता, कथा, गीत, यात्रा संस्मरण, निबन्धसहितका विधामा कलम चलाउने गर्छन् ।

विगत २५ वर्षदेखि अमेरिका बस्दै आएका ढुंगेलसँग देश सञ्‍चारले पढ्ने बानी बारे कुराकानी गरेका छौँ ।

१) अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

हालै खुशी पढेँ । दसैँका बेला किनेको पुस्तक थियो । रमाइलो लाग्यो । जीवनका अनुभूति र त्यसलाई खुशीसँग जोडेर लेखिएको रहेछ, राम्रो लाग्यो ।

२) कुन समयमा पढ्नु हुन्छ ?

पढ्नका लागि यो नै समय चाहिन्छ भन्ने छैन । प्राय गरी बेलुकाको समयमा अध्ययन गर्ने गर्छु । दिनभरि काम गरेर फर्किएपछि मन परेका पुस्तक पढेर समय बिताउनु राम्रो लाग्छ । लेख्नका लागि पनि बेलुकाकै समय बढी प्रयोग हुन्छ । तर फुर्सद मिलेमा जुन बेला पनि पढ्न मन लाग्छ ।

३) कस्तो खालको पुस्तक/लेख मन पर्छ ?

जीवनका अनुभूतिहरुसँगै सबै कुरा फेरिँदै जान्छन् । अचेल जीवन दर्शन र नैतिक आदर्श या त्यससँग जोडिएका पुस्तक बढी रुचिकर लाग्न थालेका छन् । यस्ता पुस्तकको जीवनको अर्थ र आदर्शलाई चिन्न या कायम गर्न सहयोग गर्ने रहेछ । लेखनमा पनि यस्ता पुस्तकले सहयोग गर्छन् ।

४) मन पर्ने लेखक को हुनुहुन्छ ?

ठ्याक्कै यो लेखक नै मन पर्छ भन्ने छैन । राम्रा पुस्तक सबै मन पर्छ । अर्थात राम्रा पुस्तक लेख्ने सबै लेखक राम्रा लाग्छन् । म चाहिँ विशेष गरेर नाम चलेका वा चर्चामा आएका लेखकका पुस्तक भन्दा ओझेलमा परेका लेखकका पुस्तक खोजेर पढ्ने गर्छु ।

उनीहरुका पुस्तकमा माटोको सुगन्ध हुन्छ, भोगेका समस्याहरुको सजीव कथन पाइन्छ । बिपी कोइराला, बालकृष्ण समसहितका पुस्तक मलाई ज्यादा मन परेका हुन् ।

५) पढ्ने वातावरण कसरी बन्यो ? प्रेरणा कसरी मिल्थ्यो ?

किशोरावस्थादेखि नै पुस्तक पढ्ने गरेको हो । त्यो बेलाको रोजाइ फरक हुन्थ्यो । अनुभूतिहरुले निखार्दै लगेपछि पुस्तक छनौटमा पनि विविधता आयो । युवा अवस्थामा माक्र्सका किताब पढियो । उपन्यासहरु पढियो । ती सबै पुस्तक अध्ययनका लागि अन्तरआत्माको बोली र अन्तरज्ञानले नै पढ्ने वातावरण बनायो र प्रेरणा पनि दियो । अहिलेसम्म पनि त्यसैले काम गरेको छ ।

६) पढेको कुनै लेख, कथा तथा उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ?

व्यक्ति अनुसार अनुभूति भिन्न हुन्छन् । रहर, सपना र चाहनाहरु फरक हुन्छन् । त्यसले गर्दा पूरै पुस्तकको परिवेश आफ्नो जीवनसँग मिल्ने शायदै होला । तर पुस्तकका केही अंश वा परिघटनाहरु मेल खान सक्छन् । या आफ्नो जस्तै लाग्न सक्छ । त्यस्तो भएको छ ।

गज्जबको कुरा, मेरो जीवनमा अहिलेसम्म पढेका पुस्तकहरु ठ्याक्कै मेल खाएको छैन । तर मैले लेखेको परिवर्तनका लागि विवेकशीलता भन्ने पुस्तक बलिउड चलचित्र बजरंगी भाइजानसँग मेल खाएको छ । मैले ६ वर्ष लगाएर सन् २०१३ मा पूरा गरेको पुस्तकको भाव र चलचित्रको भाव मिल्दा खुशी पनि लाग्यो ।

७) मन परेको किताब कुन हो ?

हाल पढेको खुशी मन पर्‍यो । जीवन दर्शन र नैतिक ज्ञान तथा आर्दकका पुस्तकहरु मन पर्छ । जीवनका केही अनुभवपछि पुस्तकहरुको स्वाद पनि फरक हुन्छ । वयश्क हुँदा पढेका पुस्तकहरुको अहिले पढ्दा भिन्न लाग्छ ।

८) पुस्तक दोहोर्‍याएर पढ्ने बानी छ ?

खासमा पुस्तक दोहोर्‍याएर पढ्ने मेरो बानी त्यति छैन । पढेको पुस्तक त पढियो अब नयाँ पढौँ जस्तो लाग्छ ।

९) पढ्नै पर्ने पुस्तक ?

पुस्तक पढ्नु व्यक्तिको रुची र अन्तरआत्माको कुरा हो । हरेक एकको व्यक्तिगत अनुभव र रुची फरक हुन्छ । पुस्तकको रोजाई पनि त्यस्तै हुन्छ । तर दर्शन र नैतिक आदर्शका पुस्तक पढ्दा राम्रो जस्तो लाग्छ । यस्तो भएमा देश राम्रो हुने थियो, नागरिकहरुमा आत्मजिम्मेवारी बोध हुने थियो ।

१०) पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

यसका लागि पुस्तकको उपलब्धता पहिलो शर्त भयो । त्यसपछि व्यक्तिहरुमा अभिरुची बढ्नु पर्‍यो । व्यक्तिका रुचीहरुलाई सम्मान गर्ने खालको पारिवारिक तथा समाजिक वातावरण बनाउन सके अध्ययन संस्कृति राम्रो बन्‍ने थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?