चिनियाँ बस्तुगत सहयोगमा बृद्धि गर्न आग्रह

चिनियाँ बस्तुगत सहयोगमा बृद्धि गर्न आग्रह
+
-

सिमकोट – चिनियाँ सरकारबाट सिमाना जोडिएका जिल्लाहरुका लागि प्राप्त हुने बस्तुगत सहयोगलाई बृद्धि गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।

यस्तो सहयोग चिनियाँ सरकारले नगद नदिएर सीमा जोडिएका जिल्लाका गाउँपालिकाहरुका लागि निर्माण सामग्रीहरु प्रदान गर्दा सहयोगी हुने भएकाले यस्तो सहयोगमा बृद्धि गर्न आग्रह गरेका हुन् ।

सीमा जोडिएका जिल्लाहरुका लागि आउने चिनियाँ बस्तुगत सहयोगले भौतिक पूर्वाधार विकासमा सहयोग गरेकोले आउँदा वर्षहरुमा यस्तो सहयोग बृद्धि गर्न आग्रह गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए ।

बस्तुगत सहयोगबाट प्राप्त हुने सामग्रीहरुको काम गर्दा लाग्ने मिस्त्री खर्चका लागि गाउँपालिकालाई साझेदारी गर्न सहज भएको र यसमा सहयोगको दायरा तथा परिमाण बृद्धि गरे विकासमा अझै टेवा पुग्ने उनको भनाई छ ।

विशेष गरी चिनियाँ बस्तुगत सहयोगबाट विद्यालय भवन, स्वास्थ्य चौकी, सामुदायीक भवन, गुम्बा, तटबन्ध निर्माण र बाटो निर्माणका लागि ग्याबिनको प्रयोगमा निक्कै उपयोगी रहेका छन् ।

गत आर्थिक वर्षमा चिनियाँ बस्तुगत सहयोगबाट एक हजार दुई सय थान जस्तापाता, पाँच हजार केजी ग्याबिन, पाँच हजार केजी सिमेन्ट र चार हजार केजी सरिया प्राप्त भएको र यसबाट सातवटा पूर्वाधारका सरचना निर्माणमा सहयोग मिलेको गाउँपालिकाले जनाएको छ । यो सहयोगलाई थप बिस्तार गर्न समेत गाउँपालिकाले चिनियाँ पक्षलाई आग्रह गरेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’